२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सत्तारुढसँगै असन्तुष्ट गृहमन्त्री

ADV
शिव विक
२०८१ असार १ गते ०७:०५
सत्तारुढसँगै असन्तुष्ट गृहमन्त्री

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले एक सय दिनको कार्य प्रगति सार्वजनिक गरेका छन् । शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले आफूले मन्त्रालय सम्हालेको एक सय  दिनमा अतिक्रमण भएका ६३३ बिघा ७ कट्टा १३ धुरा जग्गा सरकारको साबिककै अवस्थामा ल्याइएको विवरण सुनाए । अन्य ठाउँहरुका सार्वजनिक जग्गाहरु समेत खोजी गरेर सरकारकै नाममा ल्याउने काम भइरहेको बताएका उनले बाँकी उल्लेख्य प्रगति सुनाउन सकेनन् । 

सरुवा बढुवामा बिधि बसाल्ने लगायतका नीतिगत सुधारमा केन्द्रित रहेको बताएका उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले बरु आफू सरकारमा भए पनि सत्ता अरुले नै चलाएको गुनासो गरे । 

सय दिनको अवधिमा देशलाई नराम्रो हुने केही काम नगरेको र गृहमन्त्रालयबाट त्यस्तो हुन नदिनु नै उपलब्धी भएको बताएका उनले आफूले भ्रष्टाचार लगायत विभिन्न प्रकारका फाइल खोल्न चाहे पनि सत्ता पक्षबाट असहयोग भएको दुःखेसो गेका हुन् । 

‘एउटा सरकार हुन्छ, अर्को सत्ता हुन्छ । सत्ता लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ । सरकार फेरिँदा पनि सत्ता फेरिँदैन । नेपालमा सरकारमा हामी छौं । सत्तामा त के–के छ, के–के छ ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रो चाहिँ हुन्छ’ उनले भने । सरकारमा हुने नै सत्ता चलाउने हो भन्ने नरहेको र सरकारमा रहेर आफूले चाहे जसरी सत्ता चलाउन नपाइरहेको उनको भनाइ छ । 

लामिछाने उपप्रधान तथा गृहमन्त्रीसहित सरकारमा छन् । उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्रालय बाहेक युवा तथा खेलकुद मन्त्रालय, शिक्षा मन्त्रालय र श्रम तथा रोजगार जस्ता जनतासँग प्रत्यक्ष जोडिएका र काम गर्न सक्ने मन्त्रालयको नेतृत्व गरिरहेको छ । तर, रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछाने काम गर्न नदिएको भनेर सत्तारुढसँगै असन्तुष्ट देखिएका हुन् । 

बेथितिका कैयौं फाइल खोल्नेवित्तिकै साइन गर्नेगरी तयार होलान् भन्ने लागे पनि त्यस्तो नभएको सुनाए । भ्रष्टाचार सुशासनका लागि गूला काम गर्न नसकेता पनि निरन्तर सुधारको प्रयास गरिरहेको उनको दलिल छ । 

गृह मन्त्रालयमा हेल्प डेस्क स्थापना गरेर दैनिक सयौं मानिसलाई सेवा दिइरहेको जानकारी गाए । गृहमन्त्रालयका अन्य संयन्त्रबाट पनि चुस्तदुरुस्त सेवा प्रदान भइरहेको दाबी गरे । धेरै प्रगति विवरण सुनाउन नसकेका गृहमन्त्री लामिछानेले पटक–पटक दोहो¥याए – सरकार फेरिँदा पनि सत्ता नफेरिने रहेछ । 

आफ्ना कुराहरु राखिसकेपछि लामिछाने पत्रकारका प्रश्नहरुको जवाफ नदिई कार्यक्रमस्थलबाट बाहिरिएका थिए । अर्थात्, उनी सरकारमा रहेर काम गर्न नसकेको र धेरै केही गरेको देखाउन नसक्ने अवस्था थिए । त्यही भाव प्रकट गरे । तर कसले काम गर्न नदिएको भनेर उनले कुनै व्यक्ति, दलप्रति लक्षित गरेनन् ।

हल सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादी सहभागी छ । जसपा नेपाल फुटेर बनेको जसपा पनि सरकारमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् । रास्वपा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा छ । 

ADVADV

सम्बन्धित खबर

Advertise