२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

बाढी, पहिरो पीडितकहाँ पुगेन राहत

ADV
अस्मिता बम
२०८१ असोज २० गते ०६:५०
बाढी, पहिरो पीडितकहाँ पुगेन राहत

काठमाडौं : उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउनका लागि सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर प्रभावकारी काम गर्ने सरकारको योजना छ । 

तर, एक साता हुँदा समेत अत्यावश्यक सामग्री नपाएको पीडितहरूको गुनासो छ । भौगोलिक विकटता, चाडपर्वको मौसम र सरकारी संयन्त्र प्रभावकारी हुन नसक्दा राहतको जोहो हुनमै समस्या भएको सरोकारवालाहरू बताउँछन् । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा अहिले पनि उद्धार तथा राहत वितरण जारी छ । प्रभावित क्षेत्रमा विशेष योजनाका पुनःस्थापना र पुनःनिर्माण गर्ने योजनाका साथ लाग्न विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका पीडितहरू तत्काल राहत खोजिरहेका छन् । 

काठमाडौंबाट नजिकै रहेको ललितपुरको बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदाबरी नगरपालिका, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिका बाढी पहिरोबाट अति प्रभावित छ । यी क्षेत्रका पीडितहरू नै आवश्यक राहतको आश गरिरहेका छन् ।

राजमार्ग क्षति भएको छ । सडकसञ्जाल विच्छेद भएको छ । नदीको तटीय क्षेत्र डुबानमा परेर भएको सामान बगाएको छ । विद्युत् र टेलिफोनको टावरमा समेत क्षेति पुगेको छ । यसल समेत समस्यामा पारेको छ । 

यही असोज ११ र १२ गतेको अविरल वर्षका कारण गएको बाढी, पहिरो र डुबानबाट धेरै धनजनको क्षेत भएको छ । काठमाडौं उपत्यका र आसपासका जिल्लासहित देशका बिभिन्न क्षेत्र प्रभावित भएका छन् । बढी प्रभावित भएर विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका पालिकाहरूमा कोशी प्रदेश अन्तर्गत पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, ओखलढुंगाको चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिका, उदयपुरको वेलका नगरपालिका रहेको छ । 

बाग्मती प्रदेशअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेशी नगरपालिका र गजुरी गाउँपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, बिगु गाउँपालिका, शैलुङ गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्भा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिका पनि विपद्बाट अति प्रभावित छ ।  

सिन्धुपालचोकाको भोटेकोशी गाउँपालिका, ललितपुरको बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदाबरी नगरपालिका, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिकालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । 

सिन्धुलीको गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, बकैया गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई पनि विपद् संकटग्रस्त क्षेत्र हो ।

यी क्षेत्रमा भौगोलिक विकटता लगायतका कारणले समेत राहत पुर्‍याउनमा समस्या भएको बताइन्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise