काठमाडौं : नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई अघि सार्ने निर्णय गरेको छ ।
संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउन लागिएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार भएको छलफलमा न्यौपानेलाई समिति सभापति बनाउने निर्णय भएको हो ।
यसअघि सभापति रहेका रामहरि खतिवडाले राजीनामा दिएपछि उनको स्थानमा न्यौपानेलाई पठाउने निर्णय गरेको हो ।
समिति सभापतिका लागि आज मनोनयन र भोलि मतदान हुने छ ।