काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
दोस्रो विधान महाधिवेशनको राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न एमालेले भदौ १३ गते बैठक आह्वान गरेको थियो ।
तर अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा तोकिएको छ ।