काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन् ।
आज संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर उनले राज्य व्यवस्थाको सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनको प्रस्तावकमा कांग्रेसका रामहरि खतिवडा र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।
उम्मेदवारी दर्ताका लागि दिउँसो १ देखि ४ बजेसम्मको समय तोकिएको छ । सभापति चयनका लागि बुधबार दिउँसो ३ बजे बैठक बोलाइएको छ ।