२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

shivam cement
मध्यान्ह
२०८२ भदौ १० गते १६:५५
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

काठमाडौं : प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको छ ।

मनोनयनका लागि मंगलवार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि समय तोकिएको थियो । निर्धारित समयमा सभापतिका लागि न्यौपानेको मात्र उम्मेदवारी परेको छ ।

संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएर उनले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी थिइन् । उनको प्रश्तावक कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।

न्यौपानेको मात्र उम्मेदवारी परेकोले उनी समितिको सभापतिमा निर्विरोध चयन भएकी छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनी सभापतिमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ ।

यसअघि कुलिङ अफ पिरियड छेड्खानी प्रकरणमा संसदीय समितिले नैतिक एवं राजनीतिक जिम्मेवार ठहर गरेपछि रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise