२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

एनआरएनए मलेसियाको महासचिवमा शर्माको उम्मेदवारी घोषणा

shivam cement
तिलोचन गौतम
२०८२ भदौ १० गते १५:४३
एनआरएनए मलेसियाको महासचिवमा शर्माको उम्मेदवारी घोषणा

क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको महासचिव पदमा प्रमोद शर्माले उम्मेदवारी दिने भएका छन् । 

एनआरएनए मलेसियाको २०२५–२०२७ कार्यकालका लागि नवौं महाधिवेशन अगस्ट ३१ मा हुने तय भएसँगै जाम्बियामा २०१३–२०१५ र २०१५–२०१७ दुई कार्यकाल महासचिव भएर २०१७–२०२१ एक कार्यकाल अध्यक्ष भएर काम गरिसकेका शर्माले महासचिवमा उम्मेदवारी दिने भएका हुन् ।

चार वर्षयता मलेसियामा रहेका श्रमिकहरूको सुख दु:ख बुझेका समाजसेवी युवा शर्माले २०२५–२०२७ कार्यकालको महासचिव पदमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

जाम्बियामा विभिन्न संघसंस्थासँग आबद्ध रहेर काम गरिसकेका शर्मा अहिले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छन् ।

शर्मा मलेसियामा रहेका नेपालीहरूबीच आपसी भाइचारा तथा एकताको भावना जगाउँदै समाजसेवामा निरन्तर लागिरहेका छन् ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise