२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

नगर प्रमुखद्वारा ८ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८१ असोज २० गते २१:४६
Shares
नगर प्रमुखद्वारा ८ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

रौतहट : रौतहट परोहा नगरपालिकाको–२ जिङडवामा ८ सय ग्यास सिलिन्डर सेट वितरण गरेको छ । परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिलको प्रमुख अतिथ्यमा  प्रत्येक  घरधुरीलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो ।

नगर प्रमुखको चुनावी प्रतिबद्धता अनुरुप परोहा  नगरपालिकाको–२ मा प्रत्येक  घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।   नगर प्रमुख शेखको अतिथ्यतामा धुँवामुक्त,  ग्याँस सिलिन्डर तथा चुल्हो वितरण कार्यक्रमको मैन बती बालेर उद्घाटन गरीएको थियो । 

प्रथम प्राथमिकता दलित  विपन्न, गरिब र अन्य समुदायका तथा  आफ्नो नगरलाई धुँवामुक्त गर्नलाई आइतबारदेखि प्रत्येक घरधुरीलाई ग्यास सिलिण्डर  तथा चुल्हो सेटसहित वितरण गरिएको युवा नेता शेख नौसादले बताए ।

 नगर प्रमुख शेखले सिलिण्डर, चुल्हो, रेगुलेटर, पाइप लाइटर लगायतका समान वितरण गरेको वडाध्यक्ष शेख सेराजले बताए ।

नगर प्रमुख शेखको भनाइ अनुसार नगर भरिका  घरपरिवारले अहिले पनि दाउराको प्रयोग गरी खाना पकाउने गरेको हो, त्यसका लागि धुँवामुक्त कार्यक्रम अन्तर्गतमा खरिद गरिएको ग्यास सिलिण्डर  तथा चुल्हो सेट  वितरण  गरिएको हो । 

पालिका भरीको करिब ७ हजार पाँच सय घर परिवारलाई उक्त ग्यास सिलिण्डर चुल्हो सेट वितरण गरिनेछ । गत आर्थिक वर्षमा वडा नंं. १ का सम्पूर्ण घर परिवारलाई वितरण गरिएको तथा हाल वडा न. २ का करिव २ हजार ७० घरपरिवालाई वितरण गरिने तथा बाँकी सबैलाई एक दुई महिनाभित्र वितरण गर्ने मेयर शेखले बताए ।

अहिलेको आधुनिक युगमा पनि गुँइठा र दाउराबाट खाना पकाउन बाध्य महिलाहरु विभिन्न रोगको शिकार हुने गरेको र आर्थिक अवस्था कमजोर भएकै कारणले  ग्यास चुल्होबाट खाना पकाउन नसकेका घरपरिवारलाई लक्षित गरी यो योजना ल्याइएको नगर प्रमुख वकिलको भनाइ छ ।

यस योजनाले गोबरबाट बनेको गुँइठा र दाउराको प्रयोगबाट खाना पकाउनुपर्ने बाध्यता हट्नुका साथै महिलाहरुको स्वास्थ्य सुधार हुने र धुँवामुक्त हुने विश्वास गरिएको इ. दिपेन्द्र यादवले बताए । 

पालिकाको वडा नं– २ को  स्थानीय जनताहरुले ग्यास सिलिण्डर तथा चुल्हो सेट लगायतका सरसामानहरु पाउँदा हर्षित भएको स्थानीयले बताए ।

ADV

सम्बन्धित खबर