२०८१ कार्तिक १९ गते सोमवार / Nov 04 , 2024 , Monday
२०८१ कार्तिक १९ गते सोमवार

बजार अनुगमन टोलीसँगै पुगे उद्योगमन्त्री भण्डारी

ADV
मध्यान्ह
२०८१ असोज २० गते २१:४७
बजार अनुगमन टोलीसँगै पुगे उद्योगमन्त्री भण्डारी

काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित रुपमा बजार अनुगमन गर्दै आइरहेको छ । विभागले एक महिनाको अवधिमा एक हजार बढी ठाउँमा अनुगमन गरिसकेको छ ।

विभागले आइतबार काठमाडौंको कालिमाटी तरकारी तथा फलफुल बजारमा अनुगमन गरिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पुगे । 

अनुगमनका क्रममा अस्वभाविक महंगी र व्यापारमा अनियमितता गरिरहेका केही पसलहरुलाई सिल गर्न मन्त्री भण्डारीले निर्देशन दिएका छन् । व्यापारीले खरिद मूल्यभन्दा अत्यधिक नाफा राखेर सामान बिक्री वितरण गरेको पाइएको छ भने, बिलबिजक बिनै कारोबार गरेको पाइएको छ । केही तरकारी र मासुजन्य पसलहरुले सरसफाइमा पटक्कै ध्यान नदिएको पाइएको छ । 

माछामासु अव्यवस्थित रुपले फ्रीजिङ गरिएको तथा सरसफाइमा ध्यान नदिएको पाइएको हो । अनुगमन टोलि जाँदा व्यापारीहरु पसल बन्द गरी भाग्ने र अनुगमन टोलीलाई असहयोग गरेको पाइएको छ । 

बजारमा भेटिएका उपभोक्ताहरुले खरिद मूल्य भन्दा १० गुणा बढीसम्म नाफा राखेर बिक्री गर्ने गरेर उपभोक्ता ठग्ने कार्य भइरहेकाले यस्ता व्यापारीलाई कारबाही गर्न माग गरेका छन् । 

मन्त्री भण्डारीले गुनासो आएका ठाउँहरुमा अनुगमन गरी तत्काल कारबाही गरिरहेको बताए । उनले र्षाका कारण श्रृजित प्राकृतिक विपदको पीडा भोगिरेका उपभोक्ता नठग्न व्यवसायीहरुलाई आग्रह गरे । उनले  अस्वभाविक ढंगले कानून विपरित व्यवसाय सञ्चालन गर्ने व्यापारिलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise