२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

जुवेलमा दुईदिने राहदानी शिविर सम्पन्न, ९४९ जना लाभान्वित

ADV
मध्यान्ह
२०८१ असोज २१ गते ०७:३०
जुवेलमा दुईदिने राहदानी शिविर सम्पन्न, ९४९ जना लाभान्वित

साउदी : साउदी अरबको पूर्वी प्रान्तको जुवेलमा दुईदिने अस्थायी राहदानी शिविर सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको सहकार्यमा नेपाली राजदूतावास, रियादले आयोजना गरेको शिविरमा ९४९ जनाले सेवा प्राप्त गरेका छन् । शिविर अक्टोबर ४ र ५ मा सञ्चालन भएको थियो ।

No description available.

शिविरमा ९०८ जनाको विद्युतीय राहदानी (ई-पासपोर्ट) अनलाइन फारम संकलन गरिएको छ भने ४१ जनाको बहिर्गमनका लागि आवेदन संकलन गरिएको थियो । श्रम काउन्सिलर देवेन्द्र कार्कीको नेतृत्वमा राजदूतावासका उच्च अधिकारीहरूको टोलीले उक्त शिविर सञ्चालन गरेका थिए ।

No description available.

उक्त शिविरमा विभिन्न राजनीतिक, सामाजिक, र व्यवसायिक संघ-संस्थाहरूले सहयोग गरेका थिए । एनआरएनए साउदी अरबकी अध्यक्ष रबिना अर्यालको नेतृत्वमा स्वयंसेवकहरू सक्रिय रहेका थिए । साथै, पूर्वी प्रान्तका विभिन्न सामाजिक संस्थाहरूले पनि यस शिविरमा सहभागिता जनाएका थिए । सेवा प्रदान गर्न खटिएका सबै स्वयंसेवकहरूको योगदानप्रति संघले आभार व्यक्त गरेको छ ।

No description available.

ADVADV

सम्बन्धित खबर

Advertise