२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

साउदीका व्यवसायी तमुले बाढी पहिरो पीडितलाई ४ लाख सहयोग गर्ने

ADV
अन्जान गुभाजु
२०८१ असोज २१ गते ०७:३५
साउदीका व्यवसायी तमुले बाढी पहिरो पीडितलाई ४ लाख सहयोग गर्ने

रियाद : साउदी अरबमा व्यवसाय गर्दै आएका समाजसेवी याम बहादुर तमुले नेपालका बाढी पहिरो पीडितलाई व्यक्तिगतरूपमा ४ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । 

यो रकम नेपालमा गत हप्ता परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्रभावित काभ्रेका पीडितहरूलाई राहतस्वरूप प्रदान गरिने तमुले जानकारी दिएका छन् ।

आइतबार सामाजिक अभियन्ता आशिका तामाङसँगको छलफलपछि उक्त रकम काभ्रेका पीडितहरूलाई वितरण गर्ने निर्णय भएको हो । साथै, रियादस्थित आफूले सञ्चालन गरेको लालिगुरास रेष्टुरेन्टको दान पेटीबाट संकलित रकमसमेत बाढी पीडितहरूको सहयोगका लागि प्रदान गर्ने उनको योजना छ ।

तमुले  यसअघि साउदीमा समस्यामा परेका नेपाली नागरिक रामपाल सदाको उपचार तथा उद्वारका लागि ११ हजार २४९ रियाल संकलन गरिसकेका छन् । सदा कामको क्रममा खुट्टा भाँचिएपछि उपचार नपाएर सडकमा अलपत्र अवस्थामा थिए । तामुले उनलाई उद्वार गरी उपचारको व्यवस्था गरेका छन् र उक्त संकलित रकम असोज २७ (अक्टोबर १३) मा नेपाल लैजाने तयारी गरेका छन् ।

साउदीमा रहेका नेपाली श्रमिकहरूको अभिभावकका रूपमा चिनिएका तमुले विभिन्न सामाजिक अभियानहरूमा लाखौं रुपैयाँ सहयोग गर्दै आएका छन् । यसअघि उनले सन् २०२४ मार्चमा साउदीमा आयोजित वाफ वुमन्स च्याम्पियनसिप २०२४ का उपविजेता नेपाली महिला फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रोत्साहनस्वरूप प्रदान गरेका थिए । 

No description available.

काभ्रेका बाढी, पहिरो पीडितलाई ३ लाख सहयोग 

साउदीमा काभ्रेको बाढी, पहिरो पीडितहरूलाई सहयोग गर्न ३ लाख रुपैयाँ संकलन गरिएको छ । 

अन्तर्राष्ट्रिय काभ्रे सेवा समाजकी सचिव लिला हुमागाईंले अविरल वर्षाका कारण काभ्रेको विभिन्न क्षेत्रमा भएको बाढीपहिरोबाट प्रभावितहरूलाई राहत स्वरूप यो रकम संकलन गरेकी हुन् । हुमागाईंले आफू काभ्रेली बुहारी भएकोले संकलित रकम काभ्रेका पीडितहरूलाई नै हस्तान्तरण गर्ने बताइन् । 

संकलित रकमबाट पीडितहरूलाई आवश्यक सामग्रीहरू सहयोग गरिने र राहत वितरणका लागि बाढी प्रभावित क्षेत्रमा भौतिकरूपमा उपस्थित हुने योजना बनाइएको उनले बताइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise