२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

ग्लोबल आइएमई बैंक र माइजोइबीच सम्झौता

ADV
मध्यान्ह
२०८१ असोज २३ गते १८:००
ग्लोबल आइएमई बैंक र माइजोइबीच सम्झौता

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइजोईबीच यूएईबाट नेपालमा रेमिट्यान्स पठाउन सहज माध्यम बनाउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरुले माइ जोइको रेमिट्यान्स एपबाट सहजरुपमा आफ्नो परिवार तथा साथीभाइलाई नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले माइ जोइ वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लेटफर्म रेहेको र माइ जोइसँग साझेदारी गर्न पाउँदा बैंकले उत्साहित भएको बताए ।

यसैगरी माइजोइका प्रमुख कार्यकारी अधिकृत साएद अलिले यूएईमा रहेका नेपाली कामदारहरूले आफ्ना प्रियजनहरूलाई पैसा पठाउने द्रुत, सुविधाजनक र सुरक्षित तरिकामा पहुँच सुनिश्चित गर्दै ग्लोबल आइएमई बैंकसँग यो यात्रा शुरु गर्न पाउँदा माइजोइ रोमाञ्चित रेहेको जानकारी गराए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पूर्ण स्वामित्वमा रहेको माइजोइले नवप्रवर्तन तथा फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आइरहेको छ । यूएईमै मुख्यालय रहेको माइजोइको दृष्टिकोण विश्वव्यापीरूपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न असक्षम प्रत्येक व्यक्तिलाई वित्तीय समावेशीकरण गर्नु हो ।

यसरी यूएईबाट ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु वा नेपालभर रहेको आइएमई लिमिटेडको ५० हजार भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

साथै, यसै सम्झौताअनुसार संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहजरुपमा रेमिट्यान्स पठाउन सक्ने बैंकले बताएको छ ।

ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise