२०८२ चैत १६ गते सोमवार / Mar 30 , 2026 , Monday
२०८२ चैत १६ गते सोमवार
Ads

सगरमाथा फुटबल समूहको जित

himalayanlife
बिन्द्र राई
२०८१ कार्तिक ३ गते २०:१९
Shares
सगरमाथा फुटबल समूहको जित

उदयपुर : उदयपुरमा शनिबारदेखि शुरु भएको दोस्रो स्व. कैलाश राई (युवराज) फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सगरमाथा फुटबल समूह राजावास विजयी भएको छ । जिल्ल फुटबल संघ उदयपुरको समन्वय तथा त्रियुगा नगरपालिका–४ बगहा युवा समूहको आयोजनामा बगहाको पूर्वफुटबल खेलाडी कैलाश राईको सम्झनामा खेलाइएको प्रतियोगिताको उद्घाटन त्रियुगा नगरपालिकाको मेयर बसन्त कुमार बस्नेत तथा उपमेयर महेश्वरी राईले गरेका थिए ।

आर.वाईसी सिरहा फुटबल समूहविरुद्ध सगरमाथा फुटबल समूह राजावास उदयपुरबीच भएको  खेलमा समय अवधिभर गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा सगरमाथा फुटवल समूह राजावासले सिरहा आर.वाईसी समूहलाई ४–३ गोलले पराजित गर्न सफल भयो ।

प्रतियोगितामा प्रथम, द्वितीय हुनेलाई क्रमशः नगद, ट्रफी, शिल्ड, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा ८ वटा समूहले सहभागिता जनाएका छन् । खेल १० गतेसम्म जारी रहने छ । प्रतियोगिताअन्तर्गत आइतबार बगहा युवा समूह बगहाविरुद्ध फ्यूजन फुटबल समूह बोक्सेबीच हुने आयोजकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर