२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

शंकर झरनाको प्रवर्द्धन गर्न ५० लाख विनियोजन

ADV
दिलमाया शाही
२०८१ कार्तिक ३ गते २१:२९
शंकर झरनाको प्रवर्द्धन गर्न ५० लाख विनियोजन

जुम्ला : नेकपा माओवादी केन्द्र जुम्लाबाट प्रतिनिधिसभा सदस्य सांसद छिरिङ ल्यामो लामा तामाङले जुम्ला पातारासीको शंकर झरनाको प्रवर्द्धन गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएकी छन् । 

उनले पातारासी गाउँपालिका–२ पेरे गाउँमा अवस्थित शंकर झरना पर्यटकीय गन्तव्य बनाउनका लागि संघ सरकारले आफ्नो पहलमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइन् । उनका अनुसार शंकर झरना प्रचार–प्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको छ । शंकर झरना पर्यटकीय रूपमा प्रचुर सम्भावना बोकेकाले पर्यटकीय गन्तव्य बनाउनका लागि बजेटको ब्यवस्था गरिएको हो । सांसद लामा तामाङले शंकर झरनाको स्थलगत अवलोकन गर्दै त्यहाँसम्म  सहज रुपमा पुग्न सडकको लागि पहल गर्नुपर्ने बताइन् । उनले यसको लागि सरकारसँग थप पहल गर्ने बताइन् । उनले शंकर झरनाको लागि यस पटक विनियोजन भएको ५० लाख रुपैयाँ बजेटको सदुयोग गर्न अनुरोध गरिन् । उनले बजेटले के बनाउन सकिन्छ ?,  कामको  सुरुवात गरी कार्यान्वयनतर्फ लैजान अनुरोध गरिन् ।

उनले भनिन्,‘झरना आफैंमा सौन्दर्यताले भरिपूर्ण छ । झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सबै लाग्नुपर्ने बेला आएको छ ।’ यो पातारासीको मात्रै नभइन ग्रामीणस्तरमा लुकेर रहेको झरना जुम्लाकै ऐतिहासिक तथा पर्यटकीय गन्तव्य हुने उनले बताइन् । त्यस्तै पेरेका स्थानीय गौरी शंकर बुढाका अनुसार धेरै जसो झरनाहरु हिउँद लागेपछि सुक्छन् । तर यो  झरनामा १२ महिना नै पानी झर्ने हुँदा एकै नाशको देखिने गर्दछ । 

उनका अनुसार अहिले त्यस क्षेत्रमा आन्तरिक पर्यटक पुग्ने क्रम बढेको रहेको छ । उनले यसलाई संरक्षण गर्दै प्रचार–प्रसार गर्नका लागि सांसद लामा तामाङले ५० लाख रुपैयाँ बजेट विनियोजना गरेकोमा खुसी व्यक्त गरे । यसको विकासमा राज्यले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । 

त्यस्तै पातारासी–२ का वडाध्यक्ष बलबहादुर बोहोराले यो झरनालाई पर्यटकीय गन्तव्य बनाउन लागि परेको बताए । उनले शंकर झरनाको विकासको लागि सहयोग गर्ने सांसद लामा तामाङप्रति आभार व्यक्त गरे । उनले पातारासीको उत्तरी भेगमा रहेको यो झरना पातारासीगाउँपालिकाको लासि बजार,लाम्री,लुम,तल्फि पेरे,धोपाघाट हुँदै जान सकिने बताए ।  

उनका अनुसार झरनालाई प्रचार–प्रसार गरी  पर्यटकहरू भित्र्याउने हो भने यहाँको स्थानीय उत्पादनमा समेत प्रवर्द्धन गर्न टेवा पुग्नेछ । 

त्यस्तै स्थानीय  जनक महताराले घना जंगलको बीचमा रहेको  यो झरनालाई पर्याटकसँग जोड्नका लागि सडक, होमस्टे लगायतका आवश्यक आधारभूत  कुराहरुमा ध्यान दिनुपर्ने बताए । उनले जुम्लाको सबैभन्दा अग्लो मनमोहक शंकर झरना अहिलेसम्म पनि ओझेलमा परेको छ । उनका अनुसार प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise