२०८२ कार्तिक १७ गते सोमवार / Nov 03 , 2025 , Monday
२०८२ कार्तिक १७ गते सोमवार
Ads

छत्रदेव गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता शुरु, प्रथम पुरस्कार ५० हजार

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ कार्तिक ५ गते २०:४०
छत्रदेव गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता शुरु, प्रथम पुरस्कार ५० हजार

अर्घाखाँची : छत्रदेव गउँपालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आएको अध्यक्ष कप रनिङ शिल्ड भलिभल प्रतियोगिता शुरु भएको छ । अन्य विकाससँगै खेलकुदको स्तरोन्नति गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको छत्रदेव गाउपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताए ।

as1

as

छत्रदेव गाउँपालिकाले निर्माण गरेको रातापोखरा खेल रङ्गशालामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराला र छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले संयुक्तरुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख कोइरालाले खेल क्षेत्र देशको महत्वपूर्ण क्षेत्र भएकाले यसको विकासमा सबैले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले ध्यान दिन जरुरी रहेको बताए ।

खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा समेत चिनाउन खेलाडीहरु सफल भएको बताउँदै उनले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी अर्घाखाँचीमा उत्पादन गर्नका लागि पालिकाहरुमा लुकेर बसेका खेलप्रतिभा भएका खेलाडीलाई अवसर हुने भएकाले खेलाडी उत्पादन गर्ने, संरक्षण गर्ने र प्रवर्द्धन गर्ने दायित्व स्थानिय सरकारको रहेकाले छत्रदेवले खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्ल, सशस्त्र प्रहरी नायव उपरीक्षक भिमसेन बोहरा, प्रमुख अनुसन्धान अधिकृत इश्वरी प्रसाद आचार्य, छत्रदेव गाउँपालिकाका पूर्वअध्यक्ष तथा गाउँपालिका महासंघका राष्ट्रिय सल्लाहकार लेखनाथ पोख्रेल, पूर्वगाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे, पालिकास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, नेपाली कांग्रेस छत्रदेवका उपसभापति शोभाखर न्यौपाने, नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष रामजी पाण्डे, नेकपा माओवादीका तारा पाण्डे, जिल्ला खेलकुद समितिका सदस्य सञ्जय पाण्डे,  सुस्मिता न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पालिकास्थित ८ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुलगायतको उपस्थित रहेको वडा नम्बर ६ का वडा अध्यक्ष कमल पौडेलले जानकारी दिए ।

चार दिनसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा आठ वटै वडाबाट आठ वटा टिम सहभागी भएका छन् सहभागी टिममध्ये पहिलो दिन बेष्ट अफ ३ मा खेलाइएको खेलमा वडा नम्बर २ र वडा नम्बर ६ बीच पहिलो चरणमा प्रतिस्पर्धा भएको थियो । कार्यक्रम छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेको स्वागत मन्तव्य तथा स्वास्थ शाखा प्रमुख बुद्धि न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रो हुने टिमलाई ३० हजार, तेस्रो हुने टिमलाई २० हजार, प्रमाणपत्र, मेडल प्रदान गरिने छत्रदेव गाउँपालिकाका योजना अधिकृत शिव बर्माले जानकारी दिए । उपस्थिति सबै अतिथिलाई गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ. उपाध्यक्ष मणि पन्थी, प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले मायाको चिनो प्रदान गरेका थिए ।

ADV

सम्बन्धित खबर