२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

स्वावलम्बन लघुवित्तद्वारा कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम प्रदान

ADV
प्रदिप सिंह
२०८१ कार्तिक ६ गते २०:२४
स्वावलम्बन लघुवित्तद्वारा कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम प्रदान

लहान : स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । कम्पनीले सहायक र वरिष्ठ सहायक तहका कर्मचारीहरुको क्षमता र दक्षता वृद्धिका लागि दुई दिने तालिम सम्पन्न गरेको हो । इटहरी, सुनसरीको गोकर्ण रिसोर्ट, साकुरा एडभेन्चरमा सम्पन्न उक्त तालिममा २१ जना कर्मचारीहरुले सहभागिता जनाएका थिए । 

तालिमको उद्घाटन स्वावलम्बन लघुवित्तका तालिम विभाग प्रमुख मोहित नारायण यादवको प्रमुख आतिथ्यमा भएको थियो । इटहरीस्थित इलाका कार्यालय अन्तर्गतका १० शाखा कार्यालयका सहायक र वरिष्ठ सहायक कर्मचारीहरुले तालिममा भाग लिएका थिए । तालिमको क्रममा, शाखा कार्यालय फिक्कल, इलाममा कार्यरत सहायक प्रबन्धक मनोज न्यौपानेको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।  न्यौपानेको निधन असोज २३ गते मस्तिष्कघातका कारण भएको थियो । तालिमपछि सहभागी २६ जना कर्मचारीहरुले न्यौपानेको निवासमा पुगेर परिवारलाई समवेदना व्यक्त गरेका थिए । 

तालिममा ग्राहक सम्बन्ध, समय व्यवस्थापन, ऋण असुली, समस्या समाधान, मार्केटिङ, जोखिम व्यवस्थापन लगायतका विषयमा समूह छलफल, व्याख्यान, र अभिनयका माध्यमबाट प्रशिक्षण प्रदान गरिएको थियो । सहभागी कर्मचारीहरुले तालिमलाई अत्यन्तै उपयोगी र सान्दर्भिक पाएको प्रतिक्रिया दिए । समापन समारोहमा सहभागीहरुले तालिमको व्यवस्थापन, सहजकर्ताहरुको प्रस्तुति र तालिमको विषयवस्तु अत्यन्त प्रभावकारी रहेको बताए । सहभागीहरुले तालिममा सिकेका ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा शतप्रतिशत लागू गर्ने प्रतिबद्धता व्यक्त गरे । तालिमको समापनमा तालिम मूल्यांकन समितिका संयोजक रोशन तिमल्सिनाले सबै सहभागीहरुको तर्फबाट तालिमप्रति आभार व्यक्त गर्दै सिकाइलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise