२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘आइटी आर्मी’द्वारा ठग म्यानपावर र एजेन्टविरुद्ध भन्दै प्रदर्शन

ADV
२०८१ असार ३ गते ०६:४५
‘आइटी आर्मी’द्वारा ठग म्यानपावर र एजेन्टविरुद्ध भन्दै प्रदर्शन

काठमाडौं : पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीको आइटी आर्मीले वैदेशिक रोजगारीमा जाने युवाहरुसँग रसिद नदिइ लिएको अवैध रकम फिर्ता गराउन माग गर्दै आइतबार राजधानीको कालिमाटी सोल्टीमोड क्षेत्रमा प्रदर्शन गरेको छ ।

अलपत्र परेका नेपालीलाई उद्धार गर, ठग म्यानपावर र एजेन्टलाई कारबाही गर, बेरोजगारको व्यापार बन्द गर, पीडितलाई न्याय देऊजस्ता नारासहित काठमाडौंको कालिमाटीबाट निस्केको जुलुस सोल्टीमोडमा समापन भएको थियो । सोल्टीमोडबाट अगाडि बढ्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले घेराबन्दी गरेर रोकेको थियो ।

वैदेशिक रोजगार पीडितलाई न्याय दिन तत्परता देखाउनुको सट्टा वर्तमान सरकार ठगीमा संलग्नहरूसँग मिलेर बेरोजगार नागरिकको व्यापार गर्ने कार्यमा लागेको आइटी आर्मीले आरोप लगाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise