२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

राजावासलाई उपाधि

draupadi film
बिन्द्र राई
२०८१ कार्तिक १० गते १९:५९
राजावासलाई उपाधि

उदयपुर : दोस्रो स्व. कैलाश राई (युवराज) स्मृति फुटबल प्रतियोगिताको उपाधि सगरमाथा फुटबल समूह राजावासले जितेको छ । शनिबार भएको फाइनल खेलमा दमौटी फुटबल समूह दमौटीलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै सगरमाथा फुटबल समूहले जितेको हो ।

खेल अवधिभर दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि भएको ट्राइब्रेकरमा सगरमाथा फुटबल समूहले बाजी मार्‍यो ।

प्रतियोगितामा पहिलो तथा दोस्रो हुनेलाई क्रमशः ५१ र ३१ हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । कोशी प्रदेश सदस्य तथा उपसभामुख सिर्जना दनुवारलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

जिल्ला फुटबल संघको समन्वय तथा त्रियुगा नगरपालिका–४ बगहा युवा समूहको आयोजनामा  बगहामा दोस्रो स्व. कैलाश राई स्मृति प्रतियोगिता कात्तिक ३ गतेदेखि सञ्चालन भएको थियो ।

No description available.

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise