काठमाडौं : समाजसेवी नन्दराज न्यौपानेको ‘हाम्रो बर्माः हाम्रो कर्म’ सोमबार काठमाडौंमा लोकार्पण भएको छ । नेपालका प्रथम गभर्नर हिमालय शम्शेर, गीतकार, लेखक तथा फिल्म निर्देशक यादव खरेल, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् । बर्मामा नेपालीहरुले व्यतित गरेको लामो समय, नेपाली जनजीवन र नेपाली भाषा संस्कृतिको विकास लगायत, आफ्नो आठ दशकभन्दा लामो अनुभव समावेश भएको न्यौपानेको कृति ‘हाम्रो बर्माः हाम्रो कर्म’ पुस्तकबारे विभिन्न वक्ताहरुले कार्यक्रममा बोलेका थिए ।
समाजसेवी न्यौपानेले म्यान्मामा नेपालको कला, संस्कृति र भाषालाई संरक्षण गर्नुका साथै नेपालीको हितमा महत्वपूर्ण काम गरेको प्रथम गभर्नर शम्शेरले बताए । उनले लेखक न्यौपानेले बर्मामा आफूले करिब चारदशकअघि काम गर्दासामाजिक कार्य देखेको र लामो समय सामाजिक कार्यक्रममा संलग्न अनुभव सबैका लागि मार्गदर्क हुने बताए । लेखक तथा गीतकार यादव खरेलले धेरै न्यौपानेको पुस्तकले बर्मामा नेपाली मुलका मानिसहरुले भोगेको कुरा बाहिर ल्याउने प्रयास गरेको र बर्माको बारेमा जानकारी लिन पुस्तक महत्वपूर्ण हुने बताए ।
अर्का वक्ता डा.उपेन्द्र महतोले बर्मामा जाँदा उनका अनुभवहरु सुन्न पाएको र गरेको काम देख्न पाएकोले उमेर पाको भएर पनि उनको कर्मबाट सबैले पाठ सिक्नुपर्ने बताए । बर्मामा उनले गरेको कामबाट आफू प्रभावित भएको र उनले हाल पनि गरिरहेको काम हेर्दा उनमा युवा जोश नघटेको महतोले बताए । पितृभूमिमा आएर आफ्नो कृति विमोचन हुन सकेकोमा आफूलाई खुसी मिलेको र पुस्तकले म्यानमार र नेपाललाई जोड्न खोजेको उनले बताए पुस्तकका सम्पादक रमेश खड्काले बर्माको यो पुस्तकले दुईलाखभन्दा अधिक जनसंख्या भएको बर्माका अनुभवलाई बाहिर ल्याएको र एउटा नेपाली गरेको दुःख, संघर्ष र सफलताको कथा पुस्तकले समेटेको बताए ।
कार्यक्रम आयोजक संस्था नेपाल म्यानमार मैत्री परिषदका अध्यक्ष शंकर घिमिरेले पुस्तकले नेपाल र म्यान्मारलाई जोडेको र दुवै देशलाई जोडेको भाषा संस्कृतिको सम्बन्ध यसले अझ उचाइमा लैजाने बताए । पुस्तकले बर्मामा एकजना नेपालीले प्राप्त गरेको अनुभवलाई लिपिवद्ध गरेको र यो धेरैका लागि सिकाइ हुन सक्ने डा. पदम न्यौपानेले बताए ।
म्यान्मार सरकारद्धारा नागरिकलाई दिइने सर्वोच्च सम्मान अग्रमहा श्रीसुधम्ममणी ज्योतीधर उपाधि प्राप्त ८४ वर्षीय नन्दराम न्यौपाने गत ६ दशकअघिदेखि सामाजिक सेवामा संलग्न छन् । उनी म्यानमारको नेपाली समाजको विभिन्न पदमा काम गर्दे आएका छन् । उनलाई म्यानमार सरकारले १७ वर्षभन्दा बढी माइन मन्त्रालयको सल्लाहकार बनाएको थियो । हाल उनी सरकारद्धारा गठित हिन्दु सेण्टर बोर्डका अध्यक्ष हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies