२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

कालोपट्टी बाँधेर संसद सचिवालयका कर्मचारीहरुको धर्ना

ADV
मध्यान्ह
२०८१ असार ४ गते १२:२५
कालोपट्टी बाँधेर संसद सचिवालयका कर्मचारीहरुको धर्ना

काठमाडौं : संघीय संसद सचिवालयका कर्मचारीहररु धर्नामा बसेका छन् । मंगलबार नयाँ बानेश्वरस्थित महासचिव पद्म प्रसाद पाण्डेको कार्यकक्ष अगाडि कर्मचारीलाई सेवा सुविधाको व्यवस्था गर्न माग गर्दै कालोपट्टी बाँधेर कर्मचारीहरु धर्नामा बसेका हुन् ।

संसदमा कार्यालय समयबाहेक अतिरिक्त समयमा काम गरेबापत सेवा सुविधा, भत्ता लगायत थप गर्न माग गर्दै उनीहरूले बिहान १० बजेदेखि बिहान ११ बजेसम्म धर्ना दिएका हुन् ।

साथै कर्मचारीहरूले घरभाडा समयानुकूल बनाउन पनि माग गरेका छन् ।

संसद सचिवालयका कर्मचारीहरु ११ बुँदे माग राखेर आन्दोलित भएका छन् । संसदका कर्मचारीहरू धर्नामा रहेको विषय संसदमा समेत उठेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise