२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

उत्साही प्रचण्ड

ADV
जानकी पाठक
२०८१ कार्तिक २६ गते ०६:४५
उत्साही प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रले मेची–महाकाली अभियान चलाउने भएको छ । मकवानपुरको विभिन्न क्षेत्रको भ्रमणमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने उद्घोष गरेका हुन् ।

सत्ताबाट हटेपछि केही समय मौन रहेका प्रचण्ड एक सय दिन नपुग्दै सरकारको कामकारवाहीप्रति खरो रुपमा उत्रिएका थिए । त्यसयता विपक्षीहरू दलहरूको समेत मोर्चा बनाएर अगाडि बढेका प्रचण्ड पार्टी गतिविधिमा उत्साही भएर प्रस्तुत भइराखेको देखिन्छन् । मेची–महाकाली अभियानका क्रममा शक्ति प्रदर्शन गर्ने र त्यसको बलमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाका लागि सरकारमाथि दबाब बढाउने प्रचण्डको उद्घोष छ ।

प्रचण्डले यो निर्णय यस्तो बेला लिए लिएका छन जतिबेला नेपाली कांग्रेस र नेकपा एमाले संयुक्त सरकारले संविधान संशोधनको विषय अगाडि बढाउने प्रयास गरिरहेको छ । निर्वाचन प्रणाली महंगो भयो भनेर सरकारले संशोधन गर्न खोजे विकल्पमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने विकल्प दिने तयारीमा माओवादी छ । सरकार अस्थिर भयो भनेर संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थामा जाउँ भन्ने प्रस्ताव गरेको छ । यी विषयमा माओवादीले संविधान जारी हुँदा २०७२ सालमै फरक मतको रुपमा राखेको थियो । 

एजेण्डाका रुपमा सरकारसँग डाइलग गर्न तयार भएका माओवादी अध्यक्ष प्रचण्डले सत्ता बिमुख भएपछि विभिन्न क्षेत्र पुगेर जनताको चाहना बुझिरहेका छन् । शक्ति प्रदर्शनकै रुपमा माओवादीले काठमाडौंमा विरोध सभाको समेत आयोजना गरेको थियो । पार्टीको कार्यक्रममा रहेको उपस्थिति र चासो देखेर पनि प्रचण्ड उत्साही भएको कतिपय नेताहरूको बुझाई छ । अन्तराष्ट्रिय समुदायसँग समेत प्रचण्डले कुराकानी गरिराखेको र त्यस आधारमा समेत प्रचण्डले सरकारमाथि खरो प्रश्न गरिरहेको नेताहरू बताउँछन् । 

आइतबार मात्रै पनि प्रचण्डले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने आशंका व्यक्त गरेका छन् । विगतमा नेपालमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा विवाद भएको थियो । ब्याख्यात्मक टिप्पणीसहित उक्त सम्झौता नेपालले अनुमोदन गरेको थियो । फेरि त्यस्तै विवाद हुने एसपीपी सम्झौता अगाडि बढ्न खोजेको भनेर प्रचण्डले खबरदारी गरेका छन् । 

आइतबार मकवानपुरको हेटौंडामा आयोजित पत्रकार भेटघाटलाई सम्बोधन गर्दै  विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै अब एसपीपी सम्झौता हुन सक्ने आशंका गरेका हुन् । यी लगायतका विषय देखाएर प्रचण्डले वर्तमान सरकार नेपालको राष्ट्रिय स्वाधिनताको सौदाबाजी गर्ने, आफ्नो कुर्सि बचाउनको निम्ति राष्ट्रप्रति घात गर्नेतिर अगाडि बढ्ने त होइन ? भन्ने अवस्था रहेको भनेर प्रश्न गरेका हुन् । सरकारको कामकारबाहीप्रति चनाखो हुने र गलत हुन लागे खबरदारी गर्ने उनको प्रतिवद्धता छ । 

ADVADV

सम्बन्धित खबर

Advertise