२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सांसदहरूको जोड

ADV
मध्यान्ह
२०८१ असार ४ गते १६:३६
 आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सांसदहरूको जोड

काठमाडाैँ : आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न राष्ट्रियसभा सदस्यहरूले जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले घरभाडा समयानुकूल बनाउनुपर्नेलगायतका ११ बुँदे मागसहित आन्दोलनरत कर्मचारीका मागबारे सरकारको ध्यानाकर्षण गराए ।
    
बैठकको विषेश समयमा सांसद मायाप्रसाद शर्माले कर्मचारीहरूको माग जायज रहेको उल्लेख गर्दै उनीहरुका मागमा ऐक्यबद्धता जनाए । “कार्यालय समयपछि पनि कतिपय कर्मचारीले काम गर्नुपर्ने भएकाले उहाँहरूलाई अतिरिक्त सेवा सुविधा उपलब्ध गराउनुपर्छ”, उनले भने, “कर्मचारीहरूको तलब बृद्धि हुन सकेन, तलब बृद्धि गर्न सकेमा उहाँहरूलाई थप हौसला मिल्ने छ ।”

सांसदद्वय श्रीकृष्णप्रसाद अधिकारी र नरबहादुर विस्टले कर्मचारीको माग सम्बोधन जरुरी रहेको बताए। हाल राजपत्राङ्कित कर्मचारीले आवास भत्तावापत रु तीन हजार पाँच सय प्राप्त गर्दै आएका छन् । राजपत्रअनङ्कित र श्रेणीविहीन कर्मचारीका लागि प्रतिमहिना रु तीन हजार आवास भत्ता तोकिएको छ ।

आन्दोलनरत कर्मचारीले राखेको ११ बुँदे मागको पहिलो बुँदामा घरभाडा वृद्धिको माग उल्लेख छ । सङ्घीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली २०६५ को अनुसूची १२ मा रहेको यो व्यवस्था पुनरावलोकन हुनुपर्ने उनीहरूको माग छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise