-महेन्द्र पौडेल
नेता यसै भइँदैन । नेता हुनका लागि लामो त्याग, तपस्या, धैर्यता, दुरदर्शिता एवं एक्लै हिँड्ने क्षमता र अडान चाहिन्छ । गिरिजाप्रसाद कोइरालाले राजाले संविधान कुल्चेपछि र संसद विघटन गरिदिएपछि एउटै शब्द बोले ‘संसद पुनस्र्थापना’ हुनुपर्छ ।
उनले त्यै एउटै माग राखेर आन्दोलन गरे । तर, उनको आन्दोलनलाई एमालेले शुरुमा साथ दियो बीचमा धोका दियो, प्रतिगमन आधा सच्चियो भनेर । तरपनि गिरिजाबाबु एक्लै सडकमा उत्रे । ५ जना मान्छे मात्र उनका समर्थक थिए । बागबजारका जनताले आन्दोलनकारीहरुलाई पुलिसले टियरग्यास हान्दा लुक्न सम्म ठाउँ दिएका थिएनन् । गिरिजाबाबु तिनै हुन् जसलाई बहालवाला प्रधानमन्त्री हुँदासमेत पशुपति दर्शन गर्न जाँदा ढुंगामुढा भएको थियो । उनको गाडीमा ढुंगा लागेको थियो ।
नेताहरु जनताबाट तिरस्कृत भैसकेका थिए । यस्तोमा सडकमा कोही उत्रेनन् । गिरिजाबाबु निरन्तर सडकमा पुगे । उनी पुगेपछि छोटोमोटे नेताहरु पनि सडकमा उत्रे । जनता उत्रेनन् । तर, गिरिजाबाबुले कहिल्यै हार मानेनन्, कहिले ग्रीन सिग्नल भन्दै नेताहरुलाई आश्वस्त पारे । यसैगरी नेता भनेको एक्लै हिँड्छ, उसले हिँड्दाहिँड्दै अनुयायी बनाउँछ । चाहे गौतम बुद्ध हुन्, चाहे महात्मा गान्धी । शुुरुका दिनमा उनीहरु एक्लै हिँडे । यात्रामा साथ दिनेहरु बढ्दै गए ।
शेरबहादुर देउवा तिनै हुन । जसलाई राजाले मध्यरातमा पक्रिए । नावालक छोरो रोएर उत्पात । आरजु देउवा गाउनमा उत्रेर तल झरेर उनले वर्डलिंकको इमेल प्रयोग गर्दै आफ्नो साथीलाई इमेल गरिन् । जो पुर्व राजदूूत थिइन् अमेरिकामा । आरजुकी साथी जुलिया चांगब्लक थिइन् । खासमा जुलिया आमा प्रतिभा राणाकी साथी थिइन् । भारतको चण्डिगढबाट पिएचडी सकेकी एनजिओमा नाम कमाएकी २९ वर्षिय आरजुको विवाह गरिदिन उपयुक्त वरको खोजीमा आमा थिइन् । उनले राजदूूतलाई यो कुरा सुनाईन । यसरी शेरबहादुरसँग जुलियाले आरजुलाई जुराइदिइन् । राजाले पक्राउ गरेपछि आरजुले जुलियालाई इमेल गरिन् । जुलियाले तत्कालीन अमेरिकी विदेशमन्त्रीमार्फत् भारतलाई दबाब दियो । देउवाको ज्यान रक्षाका लागि । राजा गले । यसरी भ्रष्टचारकाण्डमा राजाले फसाइसकेका देउवा जोगिए ।
त्यसैले अन्तर्राष्ट्रिय सम्बन्धपनि जरुरी पर्दछ । रास्वपाहरुमा नत कुटनैतिकता, नत, धैर्यता, नत राजनीतिक मुद्दा, नत, एक्लै हिँड्ने क्षमता केहीपनि छैन । केटाहरु सडकमा उत्रन सकेनन् । नेता हुम्, सांसद हुम् भनेर सामाजिक सन्जालमा उफ्रेर हुँदैन । सडकमा जानु पर्दछ । क्षमता, योग्यता, त्याग, केही नभएका नेताको कार्यकर्ता भएर सडकमा कोही पनि जाँदैनन् । रास्वपाका कार्यकर्ताहरु अल्लारे देखिएका छन् । आरजुलाई छुनु अघि आरजुले हामी राणा खानदान हौं सत्ता हाम्रो रौँरौँ रगत–रगतमा बगेको छ । नामै पोल्नुअघि धेरैपटक सोच्नुपर्दथ्यो रविले । बागमती बग्नुअघि राणा खानदानलाई सोध्छ भन्ने हेक्का होस् भनेर यसै भनेकी थिइनन् । त्यसैले केटाहरुले अब कुन मुद्दा लिएर सडकमा जाने गम्भीर भएर विश्लेषण गरुन् ।