२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

अब यातायातसम्बन्धी सम्पूर्ण सेवा मलंगवाबाटै

draupadi film
कृष्ण परियार
२०८१ जेठ १८ गते २०:०२
अब यातायातसम्बन्धी सम्पूर्ण सेवा मलंगवाबाटै

मलंगवा : मधेश प्रदेशमा यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीमा नयाँ यातायात कार्यालय सञ्चालनमा आएको छ । नयाँ कार्यालय सञ्चालनमा आएसँगै स्थानीय सेवाग्राहीहरु यातायात व्यवस्था कार्यालय जनकपुरधाम र यातायात व्यवस्था कार्यालय बर्दिवास, महोत्तरी, वीरगञ्ज पर्सामा धाउनुपर्ने बाध्यता हटेको छ ।

यातायात कार्यालय मलंगवा, सर्लाहीमा कार्यालय खुलेपछि सर्लाहीबाट नजिक पायक पर्ने दुरीमा रहेको यातायात जनकपुरधाम धनुषा १०५ किलो मिटर र यातायात व्यवस्था कार्यालय बर्दिवास, महोत्तरी ४६ किलोमिटर जान नपर्ने कार्यालय प्रमुख राकेश यादवले बताए ।  

उनका अनुसार कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरण, रुट परमिट लगायत लाइसेन्स वितरण अब सम्पूर्ण सेवा सुचारू भएको छ । 

यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीमा यहि मिति २०८०–०८–२७ बाट शुरु भएको कार्यालयले चैत मसन्ताको अन्तिम दिनसम्म रातिको १० बजेसम्म बसी सवारी बिलबुक लाइसेन्स नवीकरणबाट ४ करोड २६ लाख राजस्व संकलन गरेको यादवले बताए । यातायात व्यवस्था कार्यालय मलंगवा ,सर्लाहीमा यहि जेठ १ गतेदेखि सवारी चालक अनुमती पत्रको नयाँ तथा थप वर्गको लागि अनलाइन आवेदन खुलेको हो । 

अहिले कार, मोटरसाइकल, स्कुटर, टेम्पो इ–रिक्सा ट्रेक्टर र डोजर जेसीबीको मात्र लाइसेन्स दिन वितरण गर्न थालिएको छ ।  अन्य वर्गका लाइसेन्सहरु पनि छिट्टै वितरण गरिने प्रमुख यादवले बताए । 

मधेश प्रदेशका आठ जिल्लाहरुमध्ये यातायात व्यवस्था कार्यालय जनकपुरधाम, यातायात व्यवस्था कार्यालय लहान, सिरहा, यातायात व्यवस्था कार्यालय वीरगञ्ज, पर्सा, यातायात व्यवस्था कार्यालय राजविराज, सप्तरी, यातायात व्यवस्था कार्यालय बर्दिवास, महोत्तरी, यातायात व्यवस्था कार्यालय रौतहट, यातायात व्यवस्था कार्यालय मलंगवा, सर्लाही, यातायात व्यवस्था कार्यालय बारा, कलैयामा रहेका छन् । 

सर्लाहीमा सातौ कार्यालयको रूपमा यातायात व्यवस्था कार्यालय खुलेको हो । कार्यालय सञ्चालनमा आएदेखि हालसम्म लगभग ३५० जनालाई लाइसेन्स वितरण गरिएको  कार्यालय प्रमुख राकेश यादवले बताए । सेवाग्राहीहरुको सुविधा हुने गरी काम गर्ने गरिएको प्रमुख यादवको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise