-शिवकुमार श्रेष्ठ (शिवांसु)
नेपाली साहित्यमा थप एउटा इट्टा थपि धनि बनाउन लाग्नु भएका साहित्यकार, समीक्षक तथा समालोचक स्वयम्भु शाक्यका कालजयी अंजार अमर कृतिका रूपमा समीक्षा गरिएको निवन्धले भरिएको पुस्तक क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण सार्वजनिक भएको छ । युगकवि सिद्धिचरण श्रेष्ठका विभिन्न खण्डकाव्य र कविताहरुको बडो राम्रो ढंगले प्रस्तुत गर्नु लेखकको कार्य कौशल दर्शाउँछ ।
यस पुस्तक सरल, मृदुभाषा र सरर वगेको र जोसुकैले सजिलै पढ्न र बुझ्न सक्ने प्रकारको छ । यसमा साहित्यकारको पौरखी हात र कलमको अद्वितीय क्षमता प्रदर्शन भएको अनुभूति गर्न सकिन्छ । यस पुस्तक पढ्दा आफैँलाई हराएको अनुभूति हुन्छ । यस कृतिमा खण्ड क र ख गरि दुई खण्डमा सिद्धिचरणका अमर कृतिका खण्डहरु उल्लेख र विवेचना गरिएको छ । खण्ड क को अछुत कवितामा के ल्यायौ यो आफ्नो भाइ बहिनी कुनैपनि नछुवाई...... कसरी मेरो मन्दिर पस्छौं थुनेर ढोका अरुलाई । साह्रै मार्मिक ढंगले समीक्षा प्रस्तुत गर्नुभएको छ । त्यस्तै, कवि देवकोटालाई नामक कविता पनि मन छुने र हृदय विदारक छन् । पहिलो खण्डमा ६४ वटा निवन्धहरु छन् भने दोश्रो खण्डमा ५ वटा निवन्धहरु छन् । त्यसमध्ये सिद्धिचरण र जुनकिरीमा प्रियसीको स्मृतिमा हराएका कवि सिद्धिचरणका कविता ‘यो भेटमा छ कति मार्मिक दिव्य ज्ञान ....बिर्को मिलेर अब जीवन भो अमूल्य संसारको अधिक दुर्लभ वस्तुतुल्य ।’ आदि विषयमा समीक्षा गरि लेखिएको कृति पठनीय छ ।
यस पुस्तकको प्रकाशक सुन्दर स्वदेश पब्लिकेशन काठमाडौंले बजारमा ल्याएको हो । यस पुस्तकमा ५४० पृष्ठमा समीक्षा समावेश छन् भने बजार मूल्य १ हजार रहेको छ । यस पुस्तकमाथि युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाले मन्तव्य जाहेर गर्नुभएको छ । पुस्तकको ऐतिहासिक महत्वबारे युगकविद्वारा रचित सिर्जनाका अध्येयता डा. फणीन्द्र राज निरौलाले पुस्तकको प्रकाश पार्नुका साथै टिप्पणी गर्दै प्रस्तुत कृति युगकविका प्रतिनिधि रचनाहरु अध्ययन गरिएको सुन्दर कृति हो भन्नु भएको छ । त्यसैगरि युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले युगकवि सिद्धिगरणका केहि कविता र खण्ड काव्यहरुको विषयमा चिन्तन र विवेचना गरि ल्याएको कृति एउटा ऐतिहासिक दस्तावेजको रूपमा रहने बताउनुभएको छ ।
यस पुस्तक लेख्न लेखकलाई २ वर्ष कठिन परिश्रम र मेहनतका साथै लगनशील भई कलम चलाएको फलस्वरूप तयार भएको लेखक बताउनुहुन्छ । लेखकका मनै पगाल्ने र पुस्तक लिई पढ्न थालेपछि एकाग्र भई पढ्न मन लाग्ने शैलीमा समीक्षा लेख्नुभएको छ । अन्त्यमा लेखक स्वयम्भू शाक्यको सु–स्वास्थ्य, दीर्धायुको कामना गर्दै आगामी दिनमा अझै नेपाली साहित्यमा कलम चलाउने जाँगर चलोस र अझै निखार आओस भन्दै हार्दिक शुभकामना क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण कृति सधैँ अजर–अमर रहोस् । इति ।