२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

लागु पदार्थ दुर्व्यसन : कारण, समस्या तथा निराकरण

draupadi film
मध्यान्ह
२०८१ मंसिर २ गते ०६:२०
लागु पदार्थ दुर्व्यसन : कारण, समस्या तथा निराकरण

-गम्भीरबहादुर हाडा

चिकित्सकको परामर्शबिना जथाभावी औषधि खाने प्रक्रियालाई लागू पदार्थ दुरुपयोग भनिन्छ । कुनै पनि औषधि वा वस्तुलाई नशाको रूपमा प्रयोग गर्ने प्रचलनलाई पनि लागु पदार्थ दुरुपयोग भनिन्छ । नेपालको सन्दर्भमा लागु पदार्थको दुरुपयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । तर, यसबाट उत्पन्न हुने असर वा विकृतिहरू वर्तमान समयमा ज्यादै देखिएका हुन् । गाँजा सेवन यसको राम्रो उदाहरण हो । यसको प्रयोगले नेपालको शहरी तथा ग्रामीण क्षेत्रका सम्पूर्ण तह र वर्गका मानिसलाई समेटेको छ । 

सन् १९६० को दशकपछि शहरी क्षेत्रमा विकसित भएको पश्चिमाहरूको हिप्पी संस्कृतिले हेरोइन, अफिम, चरेस, कोकिनको प्रयोगलाई व्यापक बनाइदियो । लागु पदार्थको दुरुपयोगले प्रयोग गर्ने व्यक्तिको जीवन बर्बाद गर्छ नै, यसबाहेक परिवार, समाज र देशकै अर्थतन्त्र र संस्कृतिलाई नष्ट पार्छ । समाजमा हत्या, हिंसा, चोरी, डकैती, वेश्यावृत्ति जस्ता विकृतिहरूबाट मानिस आक्रान्त बन्न पुग्छन् ।

नेपालमा खासगरी साथीभाइको संगत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागु पदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारीका चिन्तन आदिले नेपालमा लागु पदार्थको दुरुपयोग बढ्दो छ । विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार लागु औषध भनेको कुनै पनि किसिमको रासायनिक पदार्थ हो, जुन स्वस्थ शरीरका लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक कार्य तथा यसको बनावटमा परिवर्तन ल्याउन सक्छ ।

नेपालको लागु औषध नियन्त्रण ऐन, २०३३ का अनुसार लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम, तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्त्व, मिश्रण वा लवणसमेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएका प्राकृतिक वा कृत्रिम लागु औषध तथा मनोद्दीपक पदार्थ (साइकोट्रपिक सब्स्टान्स) र तिनको लवण तथा अन्य पदार्थ सम्झनुपर्छ ।’  

नेपालमा लागु औषधको स्थितिलाई केलाउँदा पुरानो समयमा गाँजा, भाङ, धतुरो आदि चाडपर्वहरूमा साधारण मानिसहरूले र जोगी जस्ताहरूले चाडपर्वहरूमा मठ, मन्दिरमा सेवन गर्ने गर्थे भने कतिपयले बिरामी भएको अवस्थामा औषधोपचारको रूपमा समेत सेवन गर्ने प्रचलन थियो । विकसित देशहरूमा विकासको लहरसँगै आएको विकृतिहरू विगत ३० वर्षको समयमा बढ्दो बेरोजगारी, मनोविनोदका साधनहरूको उपलब्धि तथा प्रयोग, विशेषतः युवा पिँढीका बढ्दो आकांक्षाहरूबाट अशान्त मनस्थिति हुनु आदि कारणहरूले लागु औषधप्रतिको बढ्दो भुक्तान यिनै वर्षहरूमा विशेषतः पाश्चात्य देशहरूमा देखिएको र त्यसको प्रभाव हाम्रो देशमा समेत पर्न गएको देखिन्छ । 

लागु औषधिलाई लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ३ मा लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा अफिम, तयारी अफिम, ओषधोपयोगी अफिम, कोकाको झार र पात, तत्कालीन श्री ५ को सरकारले समयसमयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको प्राकृतिक वा कृत्रिम लागु औषध वा मनोद्दीपक पदार्थ र तीनका लवणहरू तथा अन्य पदार्थहरू समेत सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ । लागु औषधको दुर्व्यसनीको कथा मानिसको दुखद् अन्तको कथा हो भने लागु औषधको व्यापारको कथा मानिसको क्रुरता तथा स्वार्थीपनको उत्कृष्ट उदाहरण हो । यौन विकृति तथा बेश्यावृत्ति, परिवारभित्र अशान्ति, झैझगडा, चोरी, लुटपाट जस्ता सबै अपराधमा लागु औषधको दुर्व्यसन र दुरुपयोग सदैव अप्रत्यक्ष रूपमा सघाउ पु¥याइरहेको हुन्छ । लागु औषधको कारोबार गर्ने अपराधीहरूलाई समन गर्न विभिन्न देशहरूले यो समस्यालाई विभिन्न नीति निर्धारण गरी कारागारका रूपमा प्रयोग गर्न थालेका छन् । ती देशहरूमा जस्तै लागू औषधबाट उपार्जित सम्पत्ति जफत गर्ने कानुनी प्रक्रिया अपनाउन नेपालमा पनि प्रयास हुँदै आएकामा प्रभावकारी कानुनी प्रावधानको अभावमा यो उद्देश्य पूरा हुन सकेको छैन । 

लागु पदार्थलाई २ समूहमा विभाजन गर्न सकिन्छ । अवैध घोषित भएका र रोक तथा कानुनी रोक नलागेका पदार्थहरू । चुरोट, बिँडी, खैनी, रक्सी जस्ता नरम लागु पदार्थहरूलाई कानुनले यसको सेवन बन्द गरेको छैन । तर, यी पदार्थ पनि धेरै समय प्रयोग गरे दम, क्यान्सर, ब्रोङ्काइटिस जस्ता रोग उत्पन्न हुने हुँदा अर्को उस्तै हानिकारक हुन आउँछ । मानव जीवनका निम्ति स्वस्थ, सफल र दीर्घायु हुन ड्रग आवश्यक छ तर जब एउटा उद्देश्यका लागि निर्माण गरिएको औषधि अर्को उद्देश्यले चिकित्सकको निरीक्षण र सल्लाहबिना नै आफूखुशी प्रयोग गरिन्छ । यस प्रकारको सेवनले पीडा, थकान र दुखाइलाई कम गरी निद्रा लगाउनुका साथै शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक संरचना र क्रियात्मक पक्ष नै परिवर्तन गरिदिन्छ । यसैलाई लागु औषधि भनिन्छ । 

लागु औषध अपराध एक मानवसृजित विश्वव्यापी समस्या हो । यसले राष्ट्रको आर्थिक, सामाजिक, उत्पादनशील जनशक्तिलगायत सबै पक्षमा नकारात्मक प्रभाव पार्छ । लागु औषध दुर्व्यसन केवल आपराधिक गतिविधिसँग मात्र सम्बन्धित नभएर यो एउटा जटिल सामाजिक समस्याको रूपमा पनि देखापरिरहेको छ ।

विगतमा गाँजा, चरेस र हेरोइनको सेवनमा सीमित रहेका लागु औषध प्रयोगकर्ताहरूले सन् १९९० को दशकको सुरुवातसँगै सुईको माध्यमबाट समेत लागु औषध प्रयोग गर्न थालेका छन् । त्यसमा पनि १३ देखि १९ उमेरबीचका युवायुवतीहरू लागु औषध दुर्व्यसनमा बढी आकर्षित हुने गरेको विभिन्न अध्ययनहरूबाट थाहा हुन आएको छ । खासगरी भारतसँगको खुला सिमानाको कारणले गर्दा लागु औषधका अन्तर्राष्ट्रिय माफियाले नेपाललाई अवैध कारोबारका परिवहन विन्दुको रूपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ । विशेषगरी तराईका जिल्लाहरूमा अवैध गाँजा तथा अफिम खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ भने लागु औषध तथा मनोद्दीपक पदार्थहरूको अवैध बेचबिखन तथा ओसारपसारका कारण हाम्रा सामु बग्रेल्ती चुनौतीहरू देखिएका छन् । 

लागु औषध दुर्व्यसनरहित स्वस्थ र समुन्नत समाजको प्राप्तिका लागि लागु औषध नियन्त्रण राष्ट्रिय नीति, २०६३ लागु भइसकेको छ । लागु पदार्थको अवैध ओसारपसार, कारोबार एवं आपूर्तिमा कडाइका साथ नियन्त्रण गरी यससँग सम्बन्धित अपराधमा कमी ल्याउन विभिन्न नियन्त्रणमुखी कार्यक्रमहरू संचालन गर्नु पनि उत्तिकै जरुरी छ । यसैगरी लागु पदार्थको अवैध खेती एवं ओसारपसारलाई निरुत्साहित गर्न विभिन्न दबाबमूलक कार्यक्रमका साथै सोसँग सम्बन्धित सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी तुल्याउनु आवश्यक देखिन्छ । 

अतः लागु औषधको प्रयोगबाट जोखिममा परेका समूहहरूको पहिचान गरी त्यस्ता समूह लक्षित समुदायमा आधारित विभिन्न कार्यक्रमहरू संचालन गरी लागू पदार्थको माग घटाउ अभियानलाई थप प्रभावकारी बनाउनु जरुरी छ । 

नेपालमा लागु औषध दुरुपयोग नियन्त्रणका लागि खासगरी गृह मन्त्रालय क्रियाशील रहेको छ । यस क्रममा मन्त्रालयमार्फत लागु औषध दुरुपयोगको माग घटाऊ कार्यक्रम, आपूर्ति नियन्त्रण अभियान र क्षति न्यूनीकरणका कार्यक्रमहरू निरन्तर रूपमा संचालन भइरहेका छन् । 

नेपालमा लागु पदार्थ दुर्व्यसनीका कारणहरू

बेरोजगारी पारिवारिक बिछोड तथा आवश्यक माया ममताको अभावमा हीनताबोध भई कतिपय युवा युवतीहरू यस्तो कुलतमा परेका पाइएको छ । लागु पदार्थको सेवन तथा कारोबार नियन्त्रणका लागि सरकारले दबाबका कारणले नियन्त्रणका उपायहरू प्रभावकारी हुन सकेका छैनन् र अरू संरक्षण पाइरहेका छन् । मानिसलाई विभिन्न किसिमका आर्थिक, पारिवारिक सामाजिक संकटहरू आइपर्छन् । यस्ता संकटले तनावको अवस्था निम्त्याउँछन् । उनीहरू तनावबाट मुक्त हुन नशालु पदार्थको सेवनतर्फ हुँदै क्रमशः कुलततर्फ जान्छन् ।

कतिपय युवा युवतीहरू बढी महत्त्वाकांक्षी हुन्छन् । उनीहरू लक्ष्यमा पुग्न नसक्ने अवस्थामा तनावयुक्त हुन्छन् । यस्तो तनावबाट मुक्त हुन लागु पदार्थको सेवन आवश्यक हुन्छ भन्ने गलत सोचाइ भएको पाइन्छ । त्यस्तै, ठूलो मानिसको सिको गर्न खोज्दा, उत्सुकताको कारणले, अज्ञानतावश, अधिकार खोज्न, अधिकारका लागि शरीरलाई सुरो तुल्याउन, समाजको पुरातन धारणा नमान्न लागु पदार्थ लिएर सुरक्षित रहने महसुस गरी विद्रोह गर्नु आदि कारणले पनि मानिसहरूले लागु पदार्थ सेवनतर्फ लागेको पाइन्छ । धेरैजसो लागु औषध प्रयोगको सुरुवात विद्यालय वा क्याम्पसबाट हुने गरेको पाइन्छ ।

नशा प्रयोगकर्ताको सम्पूर्ण ध्यान नशा प्राप्तितिर गएजस्तै परिवारका सदस्यहरूको सम्पूर्ण ध्यान उसप्रति गएको हुन्छ । ऊ व्यक्ति बिहान उठेदेखि बेलुका घर नफर्केसम्म सबैको ध्यान उसैप्रति हुन्छ, जसले गर्दा उनीहरूले आफ्नो आवश्यकताप्रति ध्यान दिन बिर्सिन्छन् । बिस्तारै उनीहरूको जीवन पनि प्रयोगकर्ताको जीवनसँग मेल खाने खालको हुँदै जान्छ । 

विश्व स्वास्थ्य संगठनले ‘रक्सी र लागु पदार्थ निर्भरता एक रोग हो’ भनेर वर्णन गरिसक्दा पनि दुर्व्ययसनी महिलाहरू घरका कोठाभित्र र गल्लीहरूभित्र आफूलाई लुकाउँदै बसिरहेको अवस्था छ । पुरुषहरूको उपचार केन्द्रको तुलनामा महिला उपचार केन्द्र त झनै न्यून छन् । उनीहरूलाई उपचार केन्द्रमा नल्याउनु तथा नजानु त छँदै छ, उपचार गर्न जान चाहने महिलाहरूलाई पनि देशका मुख्य शहरहरूमा उपचार केन्द्र नहुँदा र उपचार हुन्छ भन्ने अज्ञानताको कारणले गर्दा अकालमै ज्यान गुमाउन विवश छन् ।

नेपालमै सबैभन्दा बढी ३४ प्रतिशत गरिबी झेलिरहेको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागु औषधको दुष्प्रभाव फैलिएको छ । यहाँको ३४ प्रतिशत जनसंख्याले न्यूनतम मापदण्डअनुसार खान, लगाउन नपाउने, मनोरंजनका क्रियाकलापमा पहुँच पुग्न नसकेको बेला दक्ष जनशक्ति मानिएका युवा भने लागु औषधको दुष्प्रभावमा फस्न थालेका छन् ।

लागु औषध बहुसरोकारको विषय हो । यसका बहुआयामिक असर र प्रभावहरू हुने गरेका सन्दर्भमा सरकारका विभिन्न तहहरू तथा अन्य क्षेत्रले पर्याप्त सहकार्य र साझेदारी गरेर अगाडि बढ्न सके मात्र यस समस्यासँग जुध्न सकिन्छ । लागु औषधको रोकथाम तथा नियन्त्रणका लागि मूलभूत रूपमा तीनै तहका सरकारहरू मिलेर काम गर्न आवश्यक हुन्छ । लागु औषधको उत्पादन, प्रयोग, ओसारपसार रोक्न सुरक्षा निकायहरूमार्फत अनुगमन बढाउनुपर्ने, प्रदेश र स्थानीय तहहरूसँग पर्याप्त समन्वय बढाउनुपर्ने, लागु औषधलाई सबै क्षेत्रगत नीति र कार्यक्रमसँग आबद्धता गर्ने, सचेतना र रोकथामका प्रयासहरू बढाउने, पूर्व लागु औषध प्रयोगकर्तालाई परिचालन गर्नुपर्ने देखिन्छ ।

औषधि व्यवसायीहरूले पनि नियन्त्रित औषधिको जथाभावी विक्री नगर्ने, मान्यताप्राप्त चिकित्सकको सल्लाहअनुसार मात्र औषधि विक्री गर्ने, विक्री गरेको औषधिको व्यवस्थित अभिलेख राख्ने काम गर्न सक्छन् । त्यस्तै, उपचार तथा पुनस्र्थापना केन्द्रहरूले उपयुक्त उपचार पद्दतिलाई अवलम्बन गर्ने, आफू रहेको क्षेत्रमा लागु औषधसम्बन्धी सचेतनामूलक तथा रचनात्मक कार्यहरू गर्दा यसलाई न्यूनीकरण गर्न सहज हुने देखिन्छ । 

ADV

सम्बन्धित खबर

Advertise