प्रतिनिधिसभा निर्वाचन २०८२को परिणाम करिब–करिब अन्तिम चरणमा पुगेको छ । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले झन्डै दुई्तिहाइ मत प्राप्त गर्ने स्पष्ट संकेत देखिएका छन् । यस अर्थमा २०८२को आमनिर्वाचन नेपाली राजनीतिको इतिहासमा एउटा महत्वपूर्ण ‘पानीढलो’ सावित भएको छ । ...