२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

व्यक्तिगत स्वार्थमाभन्दा सेवा प्रवाह र कर्मचारी हकहितमा लाग्न आग्रह

ADV
मध्यान्ह
२०८१ जेठ १८ गते २०:३४
व्यक्तिगत स्वार्थमाभन्दा सेवा प्रवाह र कर्मचारी हकहितमा लाग्न आग्रह

अर्घाखाँची : अर्घाखाँचीका प्रमुख कोष नियन्त्रक छबिन्द्र बेल्वासेले ट्रेड युनियनहरु समग्र कर्मचारीहरुको हक हितलाई भन्दा सरुवा, बढुवा र व्यक्तिगत स्वार्थमा लागेको बताएका छन् । 

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घखाँचीले आयोजना गरेको नवआगन्तुक कर्मचारीहरुको स्वागत समारोहलाई सम्बोधन गर्दै बेल्वासेले अर्घाखाँचीमा ट्रेड युनियनको सक्रियता र एक्यवद्धता सह्रानिय रहेको बताए । उनले सरुवा, बढुवा र व्यक्तिगत फाइदामा भन्दा समग्र कर्मचारीहरुको हक हितमा लाग्न कर्मचारीका नेताहरुलाई आग्रह समेत गरे । 

सिविए अध्यक्ष कृष्ण बर्माले कर्मचारीहरुको हक हितका साथै रचनात्मक क्रियाकलाप गर्दै आइ रहेको सिबिए, अर्घाखाँचीले नियमित रुपमा नयाँ कर्मचारीहरुको स्वागत र सरुवा तथा निवृत्त हुने कर्मचारीहरुको विदाइ कार्यक्रमलाई निरन्तरता दिएको बताए । 

कार्यक्रममा विभिन्न कार्यालयका १५ कर्मचारीहरुको स्वागत गरेको थियो । स्वागत हुनेहरुमा प्रमुख कोष नियन्त्रक छविन्द्र बेल्वासे, करदाता सेवा कार्यालयका कार्यालय प्रमुख स्वागत थापा, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्ण प्रसाद पोखरेल, मालपोत कार्यालयका कार्यालय प्रमुख भिमार्जुन भुसाल, अर्घाखाँची जिल्ला अदालतका लेखापाल ऐन बहादुर शाही,  कम्प्युटर अपरेटर जानकी थारु, जिल्ला प्रशासनका नासु प्रतिक पराजुली र रविन ज्ञवाली, मालपोत कार्यालयका नासु सुभाष जि.सी. र तुल्सिराम पोखरेल, सन्धिखर्क नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक गणेश नागरि, प्रा.स कृष्ण तिरुवा र असइ संजय सावत र नापी कार्यालयका विपिन भट्टराई र यमुना न्यौपाने थिए ।

कार्यक्रममा सिविए अध्यक्ष वर्माले कर्मचारीहरुको पिर मर्कालाई समाधान गर्न जिल्लामा सक्रिय ट्रेड युनियनहरु एकजुट हुने भन्दै सिबिएले सञ्चालन गर्ने रचनात्मक क्रियाकलापमा सबैको साथ र सहयोगको अपेक्षा गरेका थिए । 

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारी, राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष यादव सापकोटा र नेपाल निजामती कर्मचारी युनियनका अन्तराष्ट्रिय विभाग सदस्य योगेश पन्थीले अर्घाखाँचीमा सेवा गर्न आएका नव आगन्तुक कर्मचारीहरुलाई स्वागत गर्दै हरेक दुःख र सुखमा जिल्ला क्रियाशिल ट्रेड युनियनहरु साथ रहेको बताए । 

कार्यक्रममा अस्थायी ज्यलादारीका लुम्बिनी प्रदेश उपाध्यक्ष सुदिप जि.सी.निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष यादव प्रसाद सापकोटा, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारी र नेपाल निजामती कर्मचारी युनियनका अन्तर्राष्ट्रिय विभाग सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि योगेश पन्थीको उपस्थिति रहेको थियो । 

कार्यक्रम प्रमुख कोष नियन्त्रक छबिन्द्र बेल्वासेको प्रमुख अतिथ्यता, कृष्ण वर्माको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत मन्त्वय र सचिव दुर्गा वि.क.को सञ्चालनमा सम्पन्न भएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise