२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

ओझेलमा ‘खोलिबड गाउँ’

ADV
प्रचण्ड खत्री
२०८१ असार ५ गते २०:२३
ओझेलमा ‘खोलिबड गाउँ’

रुकुम पश्चिम : रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको खोलिबड गाउँ विकास निर्माणबाट पछाडि परेको छ । यस गाउँमा २ वडा वडा नं. ४ र ५ का स्थानीयहरु छन् । यहाँका स्थानीयले कहि कतैबाट राम्रो सेवा सुविधा पाएका छैनन् । वडामा सेवा सुविधा माग्न जाँदा तिमिहरु फरक वडाका हौं । हामीहरु फरक वडाका स्थानीयलाई कसरी सेवा सुविधा दिने भनेर थर्काउने गरेको स्थानीय बताउँछन् । 

यस टोलमा केहि समयअघि विकासको नाममा सिँचाइ कुलोको योजना परेको थियोे । त्यो बाहेक अरु योजनाहरु पर्न सकेका छैन । चुनाव नेताहरूले विभिन्न बहाना बनाउने र भोट कब्जा गरेको स्थानीय रामबहादुर केसीको भनाइ छ । 

यस गाउँमा बालविकास स्कुलको आवश्यकता थियोे,  तर स्थानीयको गुनासा नेताहरूले सुन्दैनन् । विभिन्न निकासको आर्थिक सहयोगमा बाफिकोट गाउँपालिका वडा नम्बर ४ को बालुवाचौर, खोलिबड गाउँ, डार्ने हुँदै स्यार्पुताल सडक पुगेको छ । यसको स्तरउन्नतिको लागि कुनै पनि पार्टीका नेताहरुले चासो दिएका छैनन् । 

नेताहरू त्यस गाउँमा एक पटक मात्र पुग्ने गर्छन् । त्यो पनि चुनावको बेला । भोट कब्जा गरेपछि यसपछि फर्किएर नहेरेको स्थानीयको भनाइ छ । खोलिबड गाउँमा विभिन्न योजनाको आवश्यक भएतापनि पहलको लागि कसैले पनि ध्यान दिएका छैनन् ।

ADVADV

सम्बन्धित खबर

Advertise