२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

बेलायतमा कामदारमाथि शोषण

ADV
२०८१ मंसिर १५ गते ०६:४०
बेलायतमा कामदारमाथि शोषण

लन्डन : मानवअधिकारका दृष्टिकोणले कमजोर खाडी मुलुकमा कामदारमाथि शोषण हुने चर्चा नौलो होइन । तर, मानवअधिकारका दृष्टिकोणले अब्बल मानिएको बेलायतमा नै हेरचाह अर्थात् केयर गिभरको रोजगारीमा रहेका आप्रवासी कामदारमाथि लाजमर्दो प्रकृतिका शोषण देखिएका छन् । 

बेलायतले विदेशी कामदारहरूको शोषण गर्ने रोजगारदाताहरू विरुद्ध बिहीबार कडा प्रतिबन्ध लगाएको सार्वजनिक गरेपछि आप्रवासी कामदारमाथिको अन्याय र शोषण सतहमा आएको छ । बेलायत सरकारले गरेकोे अनुसन्धानपछि विशेषगरी सामाजिक हेरचाह क्षेत्रमा दुव्र्यवहार देखाउने घटना व्यापक रूपमा देखिएको हो ।

त्यसपछि विदेशी कामदारहरूको शोषण गर्ने रोजगारदाता र उनीहरूलाई भर्ना गर्ने संस्थाहरू विरुद्ध कडा प्रतिबन्ध लगाएको हो । कतिपय बेलायती रोजगारदाताले बारम्बार भिसा नियम उल्लंघन गर्ने, न्यूनतम पारिश्रमिक पनि नदिने, जबर्जस्ती श्रम गर्नुपर्नेजस्ता विभिन्न अनुचित व्यवहार देखिएका छन् ।  

रोजगारसम्बन्धी गम्भीर नियम उल्लंघन गर्ने रोजगारदातालाई  १२ महिनादेखि २ वर्षसम्म विदेशी कामदार भर्ना गर्न प्रतिबन्ध लगाइने बेलायत सरकारले बताएको छ । खाडी मुलुकमा घरेलुु कामदारले उचित ज्याला, आरामका लागि समय नपाउने, अत्यधिक समय काम लगाउनेजस्ता दुव्र्यवहारहरू हुने गरेका छन् ।

बेलायतमा त्यो तहको अनुचित व्यवहार नभएको भए पनि आप्रवासनमन्त्री सीमा मलहोत्राले सार्वजनिक भएका अनुसन्धान प्रतिवेदनले विशेषगरी हाम्रो हेरचाह केयर गिभर क्षेत्रमा देखिएको अवस्था लाजमर्दो रहेकोे बताइन् ।

बेलायतको हेरचाह क्षेत्रमा भारत, नाइजेरिया, जिम्बाब्वे र फिलिपिन्स जस्ता देशहरूबाट गएका आप्रवासी कामदार धेरै मात्रामा छन् । बेलायतले करिब ३ वर्षअघि सन् २०२१ मा हेरचाह कार्यहरूका लागि नयाँ भिसा खोलेपछि ठूलो संख्यामा आप्रवासी कामदार उक्त काममा पुगेका छन् । तर, कम तलब, आवास र अन्य कारणहरूले आप्रवासी कामदारहरू शोषणको जोखिममा परेका बेलायतको सरकारीस्तरबाट नै खुलासा भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise