
काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएको छ ।
नेताहरू खड्गबहादुर विश्वकर्मासहित आज आयोगमा पुगेर ‘कम्युनिष्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् ।
विप्लव महासचिव रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्वाचन आयोगमा दर्ता थिएन ।
नेतारू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढालगायतका नेताहरू आयोगमा पुगेका थिए ।