२०८२ कार्तिक ११ गते मङ्गलवार / Oct 28 , 2025 , Tuesday
२०८२ कार्तिक ११ गते मङ्गलवार
Ads

डिलर विस्तारमा आक्रामक बन्दै जिली इएक्स ५

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ११ गते १२:३५
डिलर विस्तारमा आक्रामक बन्दै जिली इएक्स ५

काठमाडौं : विश्वप्रसिद्ध जिली इएक्स ५ को नेपालका लागि आधिकारीक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले डिलरसिप विस्तारको आक्रामक योजना सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले आगामी एक वर्षभित्र नेपालभर १४ वटा डिलर नियुक्त गर्ने जनाएको छ । 

देशका सातै प्रदेशमा दुई–दुईवटा डिलरसिप सोरुम स्थापना गर्ने कम्पनीको योजनाले जिली इएक्स ५ मोडेलप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणका साथै देशैभर सहज रूपमा प्रिमियम गुणस्तरको इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने कम्पनीको दृढ प्रतिबद्धतालाई पनि झल्काएको छ । 

देशभित्रका सम्पूर्ण ग्राहकहरूलाई गाडीको बिक्री, सेवा तथा स्पेयर पाट्र्समा सहज पहुँच सुनिश्चित गराउने उद्देश्य बोकेको यस योजनाले एलआरआर मोटर्सलाई नेपालको सबैभन्दा ठुलो र विश्वासिलोमध्येको एक अटोमोबाइल कम्पनीको रुपमा विकसित गराउने यात्राको थालनी पनि गराएको कम्पनीको भनाइ छ ।  

कम्पनीले रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत विराटनगर र बुटवलका डिलरहरू नियुक्त भइसकेका, र तिनका सो–रुम तथा सर्भिस केन्द्रको उद्घाटन आगामी एक महिनाभित्र हुने जानकारी दिएको छ । 

यी नयाँ सोरुमहरुले जिलीको विश्वब्यापी मापदण्डअनुरुप ग्राहकहरूका लागि सवारीसाधन प्रदर्शन, टेस्ट ड्राइभ, फाइनान्सिङ सुविधा, बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पाट्र्स गरी समष्टिगत सेवा उपलब्ध गराउने छन् ।

“सम्पूर्ण नेपालीहरुको घरदैलोसम्म नै जिली इएक्स ५ पुर्‍याउने उद्देश्यका साथ हामीले देशव्यापी डिलरसिप विस्तारको पहिलो चरणको योजना घोषणा गरेका हौं,” एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाही भन्छन्, “हामीलाई विश्वास छ कि बिराटनगर र बुटवलमा नयाँ डिलर सोरुमा सञ्चालनमा आएपछि ग्राहकहरूले हाम्रो ब्रान्डको गुणस्तर, विश्वसनियता र नवप्रवर्तनको वाचा आफ्नै शहरमा प्रत्यक्ष रूपमा अनुभव गर्नेछन् ।”

नेपालमा भित्रिएको छोटो समयमै जिली इएक्स ५ ले नेपाली इभि पारखीहरुको मन जितिसकेको छ भने यसको अत्याधुनिक डिजाइन, प्रिमियम इन्टेरियर, अतुलनीय सुरक्षा विशेषता र प्रभावकारी रोड पर्फमेन्सका कारण नेपालीहरूमाझ यसको लोकप्रियता बढ्दै गएको कम्पनीको भनाइ छ ।

एलआरआर मोटर्सका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठका अनुसार, कम्पनीले यो विस्तार योजना देशभरका ग्राहक र सम्भावित डिलरहरूबाट प्राप्त अत्यधिक सोधपुछ र चासोको प्रतिक्रिया स्वरूप तयार गरेको हो ।

“हामीलाई देशका विभिन्न भागबाट प्रत्यक्ष फोन र सामाजिक सञ्जालमार्फत जिली इएक्स ५ बारे थप जानकारी लिन र किन्ने इच्छाका बारेमा धेरै सोधपुछहरू प्राप्त भइरहेका छन्,” उनले थपे ।

कम्पनीले निकट भविष्यमै अन्य विभिन्न स्थानहरुमा पनि नयाँ डिलर नियुक्त गर्दै सोरुमको स्थापना गर्दै जाने बताएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise