काठमाडौं : नेपाल सरकार र चीन सरकारबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।
बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन् ।
मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन सकेको थिएन ।