२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल

Nada
२०८१ मंसिर १९ गते १७:१०
Shares
सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् ।

ncell

गणतन्त्र सेनानी कोषले आज यहाँ आयोजना गरेको ‘गणतन्त्र सेनानी सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भ्रष्टाचारका विरुद्ध, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि अभियान थालिने बताए । संविधानसभामार्फत संविधान निर्माणका क्रममा आफ्नो पार्टीले फरक मतका रुपमा छाडेको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डालाई अघि बढाइने घोषणा गर्दै अध्यक्ष दाहालले गणतन्त्रलाई जनताको व्यवस्था बनाउन निरन्तर लागिपर्ने बताए । 

नयाँ क्रान्तिका लागि विभाजित माओवादी धारलाई एकताबद्ध गर्दै आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै उनले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकिएको स्पष्ट पारे । ‘माओवादीले कसैको वैशाखी टेक्दैन, जनताको बलमा आफ्नो एजेण्डा र अभियान अघि बढाउँछ’, उनले भने ।  

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले लामो सङ्घर्ष र बलिदानपछि गणतन्त्र स्थापना भएको उल्लेख गर्दै गणतन्त्रका उपलब्धि रक्षा गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । ‘विगतमा विभिन्न भूमिकामा लड्यौँ, अब गणतन्त्रको रक्षा गर्दै समाजवाद निर्माणमा एकताबद्ध भएर लाग्नुपर्छ’, उनले भने, ‘जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षाका लागि जस्तोसुकै भूमिका लिन तयार छु ।’

ताजा खबर

सम्बन्धित खबर