२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

Nada
२०८१ मंसिर २० गते १३:१६
Shares
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ncell

पक्राउ पर्नेहरूमा लमजुङ बेसीशहर नगरपालिका–८ घर भइ काठमाडौं टोखा नगरपालिका–६ बस्ने २० वर्षीय सुमित बस्याल र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका–८ घर भइ काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ पासीकोट बस्ने ३१ वर्षीय इच्छा गुरुङ रहेका छन् । 

पक्राउ मध्ये सुमितले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ४० हजार रूपैयाँ र इच्छाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमितलाई काठमाडौं भाटभटेनीबाट मंगलबार र इच्छालाई काठमाडौं पासीकोटबाट बुधबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर