२०८२ असार २० गते शुक्रवार / Jul 04 , 2025 , Friday
२०८२ असार २० गते शुक्रवार
Ads

पाथीभराको घण्टी बिक्री स्थगन

shivam cement
मध्यान्ह
२०८१ मंसिर २२ गते ११:३८
पाथीभराको घण्टी बिक्री स्थगन

ताप्लेजुङ : पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा संकलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो । 

समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको जानकारी दिए। 

समितिले लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आगामी बैठकमा गरिने विज्ञप्तिमा जनाएको छ । यही  मङ्सिर १४ गते गोरखापत्र दैनिक पत्रिकामा पुराना घण्टी लिलामी बिक्रीका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । 

विभिन्न भक्तजनहरूले पाथीभरामा चढाएका १६ हजार तीन सय ७८ किलो एक सय ग्राम पुराना बिक्रीका लागि घण्टी प्रतिकिलो न्यूनतम रु तीन सय ८० तोकिएर बिक्री प्रक्रिया अगाडि बढाएको थियो । सामाजिक सञ्जालहरूमा घण्टी बिक्रीका विषयलाई विभिन्न आलोचनाहरू आएपछि समितिले पुराना घण्टी लिलामी बिक्री प्रक्रिया स्थगन गरेको हो ।

ADV

सम्बन्धित खबर

Advertise