२०८१ चैत २५ गते सोमवार / Apr 07 , 2025 , Monday
२०८१ चैत २५ गते सोमवार
Ads

स्याङ्जा सहयोग समाज कतारको अध्यक्षमा जैसी सर्वसम्मत

draupadi film
तिलु शर्मा पौडेल
२०८१ मंसिर २२ गते १९:१६
स्याङ्जा सहयोग समाज कतारको अध्यक्षमा जैसी सर्वसम्मत

दोहा, कतार : स्याङ्जा सहयोग समाज कतारको नवौं अधिवेशन खुला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न भएको छ । अधिवेशनको बन्द सत्रबाट आगामी एक कार्यकालका लागि अध्यक्ष पदमा स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–१ का घनश्याम जैसी सर्वसम्मत चयन भएका छन् ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शिवराम ढकाल, प्रथम उपाध्यक्ष टेकबहादुर गैरे, द्वितीय उपाध्यक्ष नगेन्द्र रिमाल, तृतीय उपाध्यक्ष लोकेन्द्र सिग्देल, महासचिव रोशन अर्याल, सचिवद्वय सागर सुनार र  छविलाल तिवारी, कोषाध्यक्षमा दीपक सुवेदी र सहकोषाध्यक्षमा महेश लामिछाने रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा धनबहादुर पुराकोटी, किरण बि.क, बालन परियार, दीपक कामी, चोमबहादुर परियार, पंकज बि.क, दीपक कुमार बि.क, धिरज विक्रम शाही, टोपलाल पाण्डे, दीपक गैरे र बुद्धिप्रसाद ढकाल रहेका छन् । सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक गुरुनारायण रानाभाटले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

अधिवेशनको खुला सत्रका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)का उपाध्यक्ष राज रेग्मीले नौमती बाजालाई पूजा गर्दै पानसमा बत्ती हालेर अधिवेशनको उद्घाटन गरेका थिए । समाजका अध्यक्ष प्रकाश परियारको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा कतारमा स्थापित वैचारिक, सामाजिक, महिला समाज, सामुदायिक, सांगीतिक, पत्रकार महासंघलगायतका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

समाजका वरिष्ठ उपाध्यक्ष घनश्याम जैसीले स्वागत मन्तव्य राखेको कार्यक्रममा गण्डकी प्रदेशभित्रका सबै जिल्ला संस्थाका प्रमुखहरूले शुभकामना मन्तव्य राखेका थिए भने संस्थागत सहकार्यका लागि आभारसहित सम्मान गरिएको थियो ।

कलाकार गंगा बिसी र जमुना बिसीले स्वागत नृत्य पेस गरेको कार्यक्रममा नौमती बाजामा दोहोरी गाउँदै नाच्दै अधिवेशनलाई थप संगीतमय बनाइएको थियो । कार्यक्रममा कतारमा रहेका केही कलाकारले आफ्नो सांगीतिक तथा हास्य प्रस्तुति समेत दिएका थिए ।

अधिवेशनको अधिकार समय शुभकामना मन्तव्य र सम्मान तथा कदर पत्र वितरणमा खर्चेको समाजले कलाकार, पत्रकार, खेलाडीलगायत समाज मातहतका इकाइ, समाजका सल्लाहकार, संरक्षकसहित अधिवेशनबाट निवर्तमान हुँदै गरेको कार्यसमिति तथा समाजका विभिन्न विभाग प्रमुखहरूलाई सम्मान गरिएको थियो ।

स्याङ्जा जिल्लामा जन्मिएर कतारमा कर्म गर्दै गर्दा जिल्लाभन्दा बाहिरका विभिन्न संघ संस्थाका विभिन्न ओहोदामा पुगेका व्यक्तित्वसहित समाजले सञ्चालन गरेका विभिन्न अभियानमा विशेष योगदान गरेका व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।

अधिवेशनका प्रमुख अतिथि रेग्मीलाई दोसल्ला ओढाएर मायाको चिनो र सम्मान पत्रसहित सम्मान गरिएको थियो । सम्मानलगत्तै आफ्नो शुभकामना मन्तव्य राख्दै रेग्मीले समाजले गृह जिल्लामा विकासका लागि आर्थिक रूपमा ठूलो योगदान गरेको बताए । उनले प्रवासबाट रकम संकलन गरेर जिल्लामा निकै राम्रा र पृथक काम गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि थप राम्रा काम गर्न सुझाव दिए । 

समाजका महासचिव टेक गैरे र सचिव अर्जुन पौडेलले सहजीकरण गरेको अधिवेशनको खुला सत्रको समापन गर्दै सभाध्यक्ष परियारले आफ्नो कार्यकाललाई सफल बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए । अधिवेशनमा समाजका कोषाध्यक्ष ठाकुर प्रसाद गौतमले कार्यकाल अवधिमा कुल १ लाख ४९ हजार ५ सय २३ रियालको आर्थिक प्रतिवेदन समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise