२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पत्रकार महासंघ निर्वाचन : प्यानलसहित उम्मेदवारी घोषणा

Nada
२०८१ मंसिर २३ गते २२:३५
Shares
पत्रकार महासंघ निर्वाचन : प्यानलसहित उम्मेदवारी घोषणा

काठमाडौं : नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि उम्मेदवारी घोषणा गरिएको छ । प्रेस चौतारी र नेपाल प्रेस युनियनले निर्मला शर्माको नेतृत्वमा आइतबार प्यानल घोषणा गरेका हुन् भने प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले निवर्तमान बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको नेतृत्वमा संयुक्त प्यानल घोषणा गरेका छन् । बिष्ट युनियनबाट विद्रोह गरेर सेन्टरलगायतसँग तालमेल गर्न गएका हुन् । 

ncell

पटकपटक स्थगित हँुदै आएको महासंघको निर्वाचन २८ मंसिरमा काठमाडौंमा हुँदै छ । चौतारी र युनियनको साझा उम्मेदवारमा अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महिला उपाध्यक्षमा नीतु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल छन् ।

यस्तै, सचिव खुलामा रमेश खतिवडा, सचिव महिलामा सोनी शर्मा, सचिव आदिवासी जनजाति सविन प्रियासन, सचिव मधेशीमा अशोककुमार तिवारी, सचिव दलितमा प्रकाश धौलाकोटी, सचिव एसोसिएटमा बैकुण्ठराज पराजुली, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली छन् । 

यस्तै, खुला सदस्यहरूमा रामेश्वर कार्की, छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, लवदेव ढुंगाना छन् । कोशी प्रदेश सदस्यमा कमलमणि रिमाल, शंकर खरेल, मधेश प्रदेश सदस्यमा अच्युतम्कुमार सापकोटा, राजेश कर्ण, बाग्मती प्रदेश सदस्यमा नवराज पथिक, नारायण अधिकारी, गण्डकी प्रदेश सदस्य कृष्ण के. सी., के. बी. राना, लुम्बिनी प्रदेश सदस्य विकास बन्जाडे, रामराज पोखरेल, कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डे, नगेन्द्रप्रसाद उपाध्याय, सूदूरपश्चिम प्रदेश सदस्य योगेन्द्रबहादुर बलायर, सुरेश पन्त, उपत्यका प्रदेश सदस्यमा विनोदप्रसाद चौलागाईं, पुष्करराज बुढाथोकी, प्रतिष्ठान प्रदेश सदस्य नरेन्द्र मानन्धर, सविता शर्मा छन् ।

संस्थागत सदस्य (एसोसिएट सदस्य) पवित्रा मुडभरी, मुक्तिबाबु रेग्मी, महिला सदस्य मधेशी रुविकुमारी रौनियार, आदिवासी सदस्यमा माला मालुङ्वा, खस आर्य लीला शाह योगी, दलित सदस्यमा सिकेन्द्र पासवान निर्विरोध, दलित सदस्य महिला निर्विरोध, आदिवासी जनजाति सदस्यमा भरत जर्घामगर, आदिवासी जनजाति महिलामा निर्विरोध, मधेशी सदस्यमा राजकरण महतो, मधेशी महिला सदस्यमा ललिता साह, अपांगता भएका सदस्य भूपराज बस्याल, अल्पसंख्यक सदस्यमा लक्ष्मण थामी, लेखा समिति सदस्यमा केशवप्रसाद बोहरा, लेखा समिति सदस्य (महिला) रुक्मिणी पोखरेल छन् । 

प्रेस सेन्टर र समाजवादी प्रेस समूहका पत्रकारहरूको साझा प्यानलमा अध्यक्ष रमेश बिष्ट, बरिष्ठ उपाध्यक्ष रोशन पुरी, उपाध्यक्ष महिला गंगा पौडेल (बराल), समावेशी उपाध्यक्ष सुभाषप्रसाद साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिव उत्तरसिंह विष्ट छन् । 

मधेशी सचिव श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिव वसन्त वि. क., आदिवासी जनजाति सचिव भीषण राई, एसोसिएट सचिव विकास कार्की, कोषाध्यक्ष रामकृष्ण अधिकारी छन् ।

केन्द्रीय सदस्यहरूमा कोशी प्रदेश केन्द्रीय सदस्यमा तीर्थ सिग्देल, दीपेन्द्रकुमार राई, मधेश प्रदेश केन्द्रीय सदस्यमा राजु विश्वकर्मा, संजयकुमार राउत, बाग्मती प्रदेश केन्द्रीय सदस्य (उपत्यकाबाहेक), मणिराज गौतम, मीनकुमार दाहाल र  गण्डकी प्रदेश केन्द्रीय सदस्यमा दीपक भट्टराई छन् । लुम्बिनी प्रदेश केन्द्रीय सदस्यमा यानेन्द्र जी. सी., सुमन अधिकारी, कर्णाली प्रदेश केन्द्रीय सदस्यमा देवीराम देवकोटा, यज्ञराज थापा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा डिलबहादुर सिंह, रामसिंह ठगुन्ना, उपत्यका प्रदेश केन्द्रीय सदस्य अर्जुन पन्त, सूर्य सुवेदी र प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यमा वीरेन्द्र ओली, साहस भट्ट, खुला केन्द्रीय सदस्यमा केशवबहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्ध लोप्चन, रामकुमार श्रेष्ठ महिला, (आदिवासी, जनजाति) सरु राना, (मधेशी) मीनाकुमारी यादव, (खस आर्य) दिया चन्द, दलित केन्द्रीय सदस्य, लक्ष्मण दर्नाल (पुरुष), (महिला) निर्विरोध भएका छन् । 

आदिवासी जनजातितर्फ अर्जुनबहादुर तामाङ (पुरुष), (महिला) निर्विरोध, मधेशी चन्द्रदेव कामती (पुरुष),  ललिताकुमारी साह (महिला), अपांगतातर्फ केन्द्रीय सदस्य अर्जुन काफ्ले, अल्पसंख्यकतर्फ केन्द्रीय सदस्यमा बख्तियार अली, लेखा समिति संयोजक ध्रुव रावल, लेखा समिति सदस्यमा गणेशप्रसाद बन्जाडे (पुरुष) र लक्ष्मी चौधरी (महिला)को उम्मेदवारी परेको छ ।

ताजा खबर

सम्बन्धित खबर