२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

आगलागीमा परी एक जनाको मृत्यु, नौ जना घाइते

Nada
२०८१ मंसिर २४ गते १७:४६
Shares
आगलागीमा परी एक जनाको मृत्यु, नौ जना घाइते

काठमाडौंः काठमाडौंसहित विभिन्न जिल्लाका २१ स्थानमा आगलागीका घटना घटेका छन् । पछिल्लो २४ घण्टामा आगलागीमा परी काठमाडौंको बुढानीलकण्ठमा एकजनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा गरी नौ जना घाइते भएका छन् ।

ncell

बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा पुजा कोठामा बत्ती बाल्ने क्रममा लगाएको लुगामा आगो सल्किँदा ७५ वर्षीया वृद्धाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए । उनले अन्य जिल्लामा पनि जाडो बढेसँगै आगो ताप्ने क्रममा आगलागीमा परी मानिस घाइते हुनेक्रम बढेको बताए ।

प्रवक्ता डा भट्टराईले मोरङ, सुनसरी, धनुषा, रौतहट, भक्तपुर र कपिलवस्तुमा आगलागीमा परेर नौ जना घाइते भएको जानकारी दिए । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । चिसो बढिरहेकाले मानिसहरुले विभिन्न तरिकाले असावधानीवश न्यानोका लागि आगो ताप्दा आगलागी हुने गरेकाले आगो प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर