२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पर्यटन राजधानीमा २६औँ पोखरा सडक महोत्सव हुने

Nada
२०८१ मंसिर २५ गते ११:४७
Shares
पर्यटन राजधानीमा २६औँ पोखरा सडक महोत्सव हुने

गण्डकी : रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी २६औँ पोखरा सडक महोत्सव गर्ने भएको छ ।

ncell

‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आगामी पुसको १३ देखि १७ गतेसम्म सडक महोत्सव हुन लागेको २६औँ पोखरा सडक महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिए । उनका अनुसार हरेक वर्ष लेकसाइडको तीन किलोमिटर क्षेत्र (लेकसाइडको फिस्टेल गेटदेखि खहरेसम्म)लाई समेटेर सडक महोत्सव गर्न लागिएको हो । 

महोत्सव पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महत्त्वपूर्ण बन्दै गएको रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले उल्लेख गरे । कला संस्कृति प्रवर्द्धनसँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धिपूर्ण बन्दै गएको उनले बताए ।

महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिताहरू रहेका सांस्कृतिक संयोजक चौबहादुर गुरुङले जानकारी दिए ।

यस वर्ष लमजुङबाट कृष्ण चरित्रका साथै भोजपुरी नृत्य आदि सांस्कृतिक प्रस्तुतिका साथै छिमेकी राष्ट्र भारत र चीनका सांस्कृतिक प्रस्तुति समेत रहने उनले उल्लेख गरे । 

ताजा खबर

सम्बन्धित खबर