२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

बार अध्यक्ष विरुद्धको अवहेलना मुद्दा खारेज गर्न माग 

Nada
२०८१ मंसिर २५ गते १६:१२
Shares
बार अध्यक्ष विरुद्धको अवहेलना मुद्दा खारेज गर्न माग 

काठमाडौँ : नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद्‍ले बार अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्ध सर्वोच्च अदालतमा चलिरहेको अवहेलनासम्बन्धी मुद्दा तत्काल खारेज गर्न माग गरेको छ ।

ncell

पोखरामा सम्पन्न नेपाल बार एसोसिएसनको ५० औँ केन्द्रीय कार्यकारिणी परिषद्‍ले उक्त मुद्दा खारेज गरी बार–बेञ्च सम्बन्ध सुमधुर बनाउनुपर्ने माग गरेको हो ।

बारले जारी गरेको पोखरा घोषणापत्रमा भनिएको छ, ‘नेबाए अध्यक्ष विरुद्धमा अदालतको अवहेलना मुद्दा दर्ता गराई विचाराधीन रहेको मुद्दालाई यथाशीघ्र खारेज गरी बार बेञ्चको सम्बन्धलाई थप सुमधुर बनाउन जोडदार माग गर्ने निर्णय गरियो ।’

ताजा खबर

सम्बन्धित खबर