२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८१ मंसिर २६ गते १०:३१
मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

सुदूरपश्चिम : कैलाली जिल्लाका छुट्टाछुट्टै तीन स्थानमा भएका सडक दुर्घटनामा घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार टीकापुर नगरपालिकास्थित हुलाकी सडकमा भएको सुपप्र ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । 

गए राति नै गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म २ प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका– ११ का ३० वर्षीय हिक्मत महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । 

धनगढी उपमहानगरपालिका– १८ डिपो बजारमा सुपप्र ०१००११ प ७०७१ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–३ का ४० वर्षीय कमलेश चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । 

ADV

सम्बन्धित खबर

Advertise