२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

पर्वतको लुङ्खु-हुवास सडक धमाधम कालोपत्र हुँदै

shivam cement
मध्यान्ह
२०८१ मंसिर २६ गते ११:३९
पर्वतको लुङ्खु-हुवास सडक धमाधम कालोपत्र हुँदै

पर्वत : दोविल्ला-फलेवास-लुङ्खु-हुवास सडकअन्तर्गत लुङ्खु-हुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) परियोजनाअन्तर्गत पाँच वर्षदेखि जारी निर्माण एवं स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । 

एसियाली विकास बैंकको ऋण सहयोगमा सरकारले उक्त सडक  निर्माण थालेको हो । निर्माणाधीन १५ किलोमिटरमध्ये नौ किलोमिटर सम्पन्न भइसकेको छ भने बाँकी आगामी दुई महिनाभित्र सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको तयारी भइरहेको छ । हुवास–भोर्ले कालोपत्र पूरा भएको छ भने मङ्गलबारदेखि पाखापानीतर्फको काम प्रारम्भ भएको छ । 

महाशिला गाउँपालिकाको लुङ्खुदेखि पैँयू गाउँपालिकाको केन्द्र हुवासस्थित हातेमालो चोकसम्म रु ३६ करोड ९६ लाख ९३ हजार छ सय ८५ लागतमा सडक कालोपत्र हुने भएको हो । उक्त सडक कालोपत्र नहुँदा वर्षायाममा पैँयु र विहादी गाउँपालिकाका बासिन्दा स्याङ्जा, पोखरा भएर कुस्मा आउनुपर्ने बाध्यता थियो ।  

कुश्मा-फलेवास १६ दशमलव सात किमी सडक पाँच वर्षअघि नै कालोपत्र गरिएको हो भने लमायखोला-लुङ्खु १३ किमी गत वर्ष पूरा भएको हो । यो सडक खण्डको शेराबेँसी-गेडीखोलामा पक्की पुल निर्माण भएको छ । -रासस 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise