२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

गाउँपालिकाको पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क

Nada
२०८१ मंसिर २६ गते १२:५३
Shares
गाउँपालिकाको पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क

रामेछाप : रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ ।

ncell

सुनापति गाउँपालिका–४ बेथान र वडा नम्बर ३ हिलेदेवीको संगमस्थल सेल्फी डाँडामा निर्माण गरिएको डम्फु पार्कमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । 

पार्कभित्र निर्माण गरिएको डम्फु र टुङ्ना अनि यो पार्कबाट देखिने दृश्य अवलोकनका लागि पार्कमा मानिस आउने गरेका छन् । लुभ–बेथान– हिलेदेवी–गाल्वा सडकअन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको पार्कमा अहिले फोटो खिच्ने, टिकटक बनाउने, पर्यटकीय गन्तव्य सैलुङ, दोलखाको गौरीशंकर हिमाललगायत क्षेत्रको दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

तामाङ समुदायको बाहुल्यता रहेको यो ठाउँमा सुनापति गाउँपालिकाले रु २१ लाख बजेट खर्च गरी तामाङ जातिको संस्कृति झल्किने गरी तीन वर्षअघि डम्फु पार्क निर्माण गरिएको गाउँपालिकाका अक्यष ठूलो कान्छा तामाङले बताए । उनले भने, “हामीले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले निर्माण गरिएको हो । -रासस 

ताजा खबर

सम्बन्धित खबर