२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

संखुवासभाको चिचिला र सिलिचोङ गाउँपालिकामा कपडा बैंक स्थापना

Nada
२०८१ मंसिर २६ गते १२:५४
Shares
संखुवासभाको चिचिला र सिलिचोङ गाउँपालिकामा कपडा बैंक स्थापना

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिका र सिलिचोङ गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ । जाडोयाममा दुर्गम क्षेत्रका बालबालिकाले न्यानो कपडा लगाउन नपाइरहेको अवस्था मध्यनजर गर्दै ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ अभियानमार्फत् कपडा बैंक स्थापना गरिएको हो ।

ncell

ओपन खबर मिडियाका संचालक मोहनकृष्ण अधिकारीको संयोजनमा ती पालिकामा कपडा बैंक स्थापना गरिएको हो । कपडा बैंकबाट हुनेले सेकेन्ड ह्यान्ड कपडा राख्न सक्छन् भने नहुनेले लैजान सक्ने अधिकारीले जानकारी दिए । उनका अनुसार संखुवासभाका दुई पालिकामा भने कपडा बैंक स्थापनासँगै कपडा बैंकमा कपडा लैजान गाउँलेहरुको भीड नै लागेको थियो ।

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट संकलन गरिएको करिब ३० बोरा न्यानो कपडा २५ सय जनालाई पुग्ने गरी वितरण गरिएको पनि उनले बताए । यस कार्यका लागि ओपन खबरका अध्यक्ष अधिकारीसहित सल्लाहकार अनुराग कुँवर, यस अभियानका संयाेजकहरु सुरेश मानसिंह कुँवर, कृष्णराज तिमिल्सिना र रामेश्वर ढकाललगायतले पनि सहयोग गरेका छन् । यस अभियानका लागि स्थानीय जनप्रतिनिधिसहित थुप्रै मानिसहरुले साथ र सहयोग गरेको अधिकारीले बताए ।

कपडा बैंक स्थापनाका लागि अनुराग कुँवर तारकेश्वर नगरपालिकाका-१, आशा कुँवर तारकेश्वर नगरपालिकाका-१, नेपाल लाइफ रिकुमेन्ट एजेन्सी प्रा.लि., गौशाला, काठमाडौं, रोयल सासा फर्मासिटिकल्स प्रा.लि. बुद्धनगर काठमाडौं, एकलभ्य भिजन स्कुल कीर्तिपुर, जी एच मेडिहहेल्थ कन्सर्न प्रा.लि. बुद्धनगर काठमाडौं, युनिक टेलर्स डिल्लीबजार काठमाडौं, एस मिन ढुंगाना, बानेश्वर, चन्दा खतिवडा, कोटेश्वर, गेल्मु बुढाथोकी, मालीगाउँ, विनिता स्थापित, नयाँबजार, उपासना बज्राचार्य, आशा शिक्षा सदन, भक्तपुर, शुलक्षण बानिया, बोहोराटार, काठमाडौ्, बन्दना डिसी, बनस्थली, राजी गुरुङ, स्वयम्भु, लिटिल आइन इस्टाइन प्रि स्कुल, कीर्तिपुर सिता तिमिल्सिना, कलंकी, काठमाडौं, इन्दिरा अधिकारी, कलंकी, काठमाडौं, उत्सव ढुंगाना, कलंकी, प्रयास स्कुल, भाजंगल, अप्सरा ओझा, लोलाङ, निर्मला सापकोटा, ठिमी भक्तपुर, ह्यापी आवर प्रि स्कुल कीर्तिपुर, शलिना अर्याल, स्यूचाटार काठमाडौं, दीपक न्यौपाने, ग्रिनलाइन, संस्कृति हुमागाईं, डिल्लिबजार रहेको ओपन खबर मिडियाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर