२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु

ADV
मध्यान्ह
२०८१ मंसिर २६ गते १६:२८
दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु

हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका-८ फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । 

सर्केगाड-मारघोर सडकको ‘ट्रयाक’ खोल्न आउँदा सोमबार स्काभेटर पल्टिएर बुढा घाइते भएका थिए । दुर्घटनापछि बाजुराको कोल्टी अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको उनका आफन्त रेशमराज रोकायाले बताए । सर्केगाड-मारघोर खण्डको ट्रयाक खोल्ने जिम्मा श्रेया कन्स्ट्रक्सनले पाएको थियो ।

प्रदेश ०३-०१००३ क ६२४९ नंको स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज कँडेलले बताए । जुम्ला गुठीचौकर गाउँपालिका-१ चुत्रा घर भएका ३६ वर्षीय स्काभेटर चालक लाक्पा महतारालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise