२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

कतारमा नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम हुने

ADV
तिलु शर्मा पौडेल
२०८१ मंसिर २६ गते १९:०२
कतारमा नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम हुने

दोहा, कतार : कतारमा रहेका नेपालीहरूका लागि नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गर्न लागिएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतार र नेपाली महिला समाज कतारले  संयुक्त रूपमा "नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम" आयोजना गर्न लागेका हुन् । दुवै संस्थाले एक सूचना जारी गर्दै आउँदो शुक्रबार मदिना खलिफा साउथमा रहेको यासमेद मेडिकल सेन्टरमा उक्त स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।

आयोजक संस्थाहरूले निःशुल्क सेवा लिन चाहनेहरूका लागि डिजिटल फारम जारी गरेको छ । जारी गरिएको फारममा आफ्नो व्यक्तिगत विवरण मोबाइल या कम्प्युटरबाट सजिलै भर्न सकिने व्यवस्था मिलाइएको कार्यक्रमका संयोजक रोशन अर्यालले बताए । बिमआइ, ब्लड प्रेसर, ब्लड सुगर, जनरल डाक्टरहरूबाट कन्सल्ट, डेन्टल चेकअप, कोलस्ट्रोल लगायतका रोगहरूका बारेमा निःशुल्क चेकजाँच सहित सल्लाह सुझाव र सशुल्क औषधि पनि लिन सकिने तर दाँतको उपचारमा विशेष छुट मिल्ने अर्यालले स्पष्ट पारे ।

आयोजकद्वय संस्थाले कतारमा रहेका नेपालीहरूलाई समयमै फारम भरी निर्धारित समयमा उपस्थिति भइ नि:शुल्क स्वास्थ्य परीक्षण गराइ लाभ लिन आग्रह गरेका छन् । उक्त कार्यक्रम शुक्रबार बिहान ७ बजेबाट मध्यान्ह १२ बजेसम्म चल्ने छ ।

फारमको लिंक :

एनआरएनए एनसिसि कतार र नेपाली महिला समाज कतार द्वारा संयुक्त्त रुपमा "नि:शुल्क स्वास्थ्य परिक्षण फारम

ADVADV

सम्बन्धित खबर

Advertise