२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

पूर्वमन्त्रीले शिलालेखमै ढाँटेको आरोप 

ADV
मध्यान्ह
२०८१ मंसिर २६ गते २०:५७
पूर्वमन्त्रीले शिलालेखमै ढाँटेको आरोप 

अर्घाखाँची : मन्त्री, संसद तथा जनप्रतिनिधिलाई उद्घाटनको मोह कति हुन्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ नेपाल राष्ट्रिय आधारभूत विद्यालय बाँकेको भवन उद्घाटन । ‘मिति २०८१/०८/२३ गते सामाजिक विकास मन्त्री श्री रत्न खत्री ज्यूबाट समुद्घाटन सम्पन्न भयो’ उक्त विद्यालयको शिला लेखमा उल्लेख  छ । बनाउने र समुद्घाटन गर्नेले त लाज मानेन् तर देख्दा भने लाज लाग्ने  स्थानीयको भनाइ छ  । 

जबकी हाल लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री बनेका जन्मजय तिमिल्सेना यस विषमा अनभिज्ञ देखिन्छन् । लुम्बिनी प्रदेशमा २०८१ कात्तिक ०८ गते पुनर्गठित मन्त्रिपरिषदमा तिमिल्सेना सामाजिक विकास मन्त्रीमा मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्ति गरी मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

तर राजनीतिक रंग र उद्घाटनको मोहमा लिप्त दल र नेताले पुरानै मितिमा बनेका मन्त्रीले नयाँ मन्त्री बहाल रहेको समयमा उद्घाटन गरेर सबैलाई लज्जित पारेको गुनासो आउन सुरु भएको छ । कि त शिलालेखमा पूर्व मन्त्री लेखेको भए पनि मिल्ने थियो तर अहिले पूर्व मन्त्रीले नै शिलालेखमा आफ्नो नाम लेख्नु गलत भएको स्थानीयको गुनासो छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise