२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

गढीमाई मेला सुरक्षाको लागि सशस्त्र प्रहरीका ५ सय सुरक्षा फौज परिचालन

Nada
२०८१ मंसिर २७ गते १०:२६
Shares
गढीमाई मेला सुरक्षाको लागि सशस्त्र प्रहरीका ५ सय सुरक्षा फौज परिचालन

काठमाडौँ : बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ करिब ५ सय जना सशस्त्र प्रहरी २४ सै घण्टा परिचालित भएका छन् । मङ्सिर १ गतेदेखि सुरु भएको मेला मङ्सिर ३० गतेसम्म सञ्चालन हुनेछ ।

उक्त मेलालाई सुरक्षित एवं भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नं. १२ गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको कमान्डमा टोली परिचालन भएको छ भने मेला सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमान्डमा मेला अवधिभरको लागि मेलास्थमा  कमान्ड पोस्ट स्थापना गरिएको छ । 

मेला सुरक्षार्थ २ वटा तालिम प्राप्त डग परिचालन गरिएको छ ।मेलामा भिड व्यवस्थापन र निगरानी गर्न ड्रोनको प्रयोग गरिएको छ भने मेला परिसरमा रहेको पोखरीमा कुनै पनि अप्रिय घटना नघटोस् भनी विपद् व्यवस्थापन तालिम प्राप्त टोली रबर बोटसहित २४सै घण्टा तैनाथ रहेको छ ।

उक्त मेलामा ठुलो सङ्ख्यामा भक्तजनहरूको उपस्थिति हुने भएकोले मेला सुरक्षा योजनाअनुसार सशस्त्र बल नेपालले उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था थप मजबुत बनाउन मेला अवधिभर परिचालित रहने सशस्त्र प्रहरका प्रवक्ता नायब महानिरीक्षक  कुमार न्यौपाने जानकारी दिए । 

laxmi recruitement

सम्बन्धित खबर