२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

पुनर्निर्माणपछि कमलादीमा भासिएको सडक आजदेखि संचालनमा (फोटोफिचर )

ADV
मध्यान्ह
२०८१ मंसिर २७ गते १०:५६
पुनर्निर्माणपछि कमलादीमा भासिएको सडक आजदेखि संचालनमा (फोटोफिचर )

काठमाडौँ : कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको छ । पुनर्निमित सडकमा आयोजित एक कार्यक्रमकाबीच रिबन काटेर सडक खोलिएको हो । 

साउनको अन्तिम साता काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो । ४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भइ उद्घाटन गरिएपछि आजैदेखि सडक सुचारू गरिएको हो । 

सडक भासिनुपूर्व एकतर्फी बनाइएको यो सडक अब सुचारू भएसँगै एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ । 

योसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशथान हुँदै घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।

तस्बिरहरू - नेपाल फोटो लाईब्रेरी 

ADVADV

सम्बन्धित खबर

Advertise